logo
  • आइतबार, असोज ११ २०८३

धुर्कोटमा क्षमता विकास तथा पुर्नताजकीकरण कार्यक्रम सञ्चालन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सम्झना पोखरेल,गुल्मी वैशाख १० ।

गुल्मीको धुर्कोट गाउँपालिकामा कानुन निमार्ण जनप्रतिनिधि कर्मचारी न्याय समिति र सुचिकृत मेलमिलाप कर्ताहरुको लागि क्षमता विकास तथा पुर्नताजकीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।गाउँपालिकाको सभाहल बर्बोटमा पहिलो दिनको कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हो । नेपालको सँविधानको भाग १७ धारा २१७ को उपधारा (१)र(२) अन्तर्गत गाउँपालिका उपाध्यक्षको नेतृत्वमा न्यायिक समिति रहेको सँवैधानिक व्यवस्था र स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ (१)र(२) मा भएका व्यवस्था बमोजिम सुचिकृत मेलमिलाप कर्ताहरुको लागि पुर्नताजकीकरण तथा स्थानिय सरकार सञ्चालन ऐनको दफा १०२ बमोजिम कानुन बनाउने अधिकार स्थानिय तहमा रहेकोले सोहि सम्बन्धि गाउँपालिकाको क्षमता विकासको लागि कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । सार्डेक नेपाल गुल्मीका अध्यक्ष महेन्द्र भण्डारी र अधिबक्ता एवम् सहजकर्ता विष्णु बलालले क्षमता विकास तथा पुर्नताजकीकरणको उद्देश्य र कार्यक्रमको विषयमा सहजिकरण गर्नुभएको थियो ।धुर्कोट गाउँपालिका न्यायिक समितिका अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष शिबबहादुर खत्रिको अध्यक्षता रहेको कार्यक्रममा, प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थी, सार्डेक नेपाल गुल्मीका अध्यक्ष महेन्द्र भण्डारी, अधिबक्ता एवम् सहजकर्ता विष्ण बलाल, सार्डेक नेपाल गुल्मीका निर्देशक विष्णु भण्डारी, सार्डेक नेपाल गुल्मीका कार्यलय प्रमुख बसन्तकुमार भलामि, विद्यालय समिति संयोजक गोपाल थापा, न्यायिक समितिका सदस्यहरु, वडाध्यक्षहरु, गाउँपालिकाका कर्मचारी, र जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शुक्रबार र शनिबार गरी २ दिन सम्म सञ्चालन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend