logo
  • शुक्रबार, साउन ८ २०८३

गायक ईस्वर भण्डारीको “याद” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

कुमार “अविरल” पन्थी, दोहा वैशाख ८ ।
गायक तथा सर्जक इश्वर भण्डारीको लोक तथा दोहोरी गिति एल्वम “याद” सार्वजनिक भएको छ । गीतलाई बुधबार युट्युब मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो ।

पछिल्लो समय नेपाली गित संगीत माया प्रेमलाई केन्द्र विन्दुमा राखेर बनाउन थालिएको छ । यसै सिलसिलामा हरेक दिन सार्वजनिक भईरहने गितहरु माया प्रेमका भाव मै हुने गरेका छन् ।

भनिन्छ संसार पनि मामा मै अडीएको छ रे, यसर्थ कि माया एउटा अजम्बरी पनि हो । यस्तै-यस्तै कथा वस्तुमा रहेर एक प्रेम कथामा आधारित गित हो “याद”। पछिल्लो समयमा गितसंगित प्रतिको प्रतिसपर्धाको भिडमा “याद” भिड्न सक्ने बनेको गीतका सर्जक शरद पाण्डे बताउछन ।

आफ्नै भाग्य नमिल्ने लेख्नलाई
मन रोएको को छ र देख्नलाई
“याद सङ्गै जिन्दगी क्यारी काट्ने होला,
दुनियाले खुशी छ भनेनी आफ्नै यो मुटुलाइ क्यारी ढाट्ने होला”

गायक तथा सर्जक पाण्डेको शब्द सृजना रहेको गितमा इश्वर भण्डारी र विष्णु माझीको स्वर रहेको छ । गायक भण्डारीको लय सृजना रहेको गितलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन ।

स्मृति तिमिल्सिनाको निर्देशन रहेको गीतको भिडियोलाई सुरेश श्रेष्ठ र शन्तोश महराले खिचेका छन् भने प्रकाश धमलाले सम्पादन गरेका छन् ।

गीतलाई ताजा इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गितले दर्शक श्रोताहरुको मन जित्ने र माया पाउनेमा पूर्ण विश्वस्त रहेको गायक भण्डारीले साझा नेटवर्कलाई बताए ।


हेरौ गीतको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend