logo
  • शुक्रबार, साउन ८ २०८३

बाल विद्या मा.वि मजुवामा ११ कक्षा संचालन गर्ने विषयमा सराेकारवालाहरूसँग अन्तरक्रिया


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

रमेश गिरि,प्यूठान बैशाख ८ ।

बाल विद्या मा.वि मरन्ठाना मजुवामा ११ कक्षा संचालन गर्ने विषयमा आज सराेकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएकाे छ । संघिय सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय सरकारलाई जिम्मा दिएकाे छ । विद्यालय व्यवस्थापन समितिकाे पहल र प्युठान नगरपालिका वडा न. ९ र १० का जनप्रतिनिधिहरूकाे सहमतिमा प्युठान नगरपालिका वडा न. ९ मरन्ठाना मजुवामा रहेकाे बाल विद्या माध्यमिक विद्यालयमा कक्षा ११ संचालन गर्न लागिएकाे हाे । अन्तरक्रिया कार्यक्रममा पुर्व जिल्ला विकास समितिका सभापति तथा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष कर्णध्वज केसीले समाज रूपान्तरण गर्ने मेरूदण्ड भनेकै शिक्षा भएकाेले शिक्षामा लगानी गर्ने विषयमा कुनै किसिमको कन्जुस्याइँ गर्न नहुने धारणा राख्नु भयाे , सामुदायिक विद्यालयमा याेग्य,दक्ष र सक्षम शिक्षक रहेकाेले थाेरै मात्र पठनपाठन गर्ने पद्धतिमा परिवर्तन ल्याएमा सामुदायिक विद्यालयकाे शैक्षिक स्तरमा व्यापक सुधार अाउने धारणा राख्नु भयाे ।

प्युठान नगरपालिका वडा न. ९ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेहरसिंह केसीले बजारमा विक्रि हुने दक्ष नागरिक निर्माण गर्ने उद्धेश्यले हामीले २०७५ साल देखि यस विद्यालयमा ३ वर्षे डिप्लोमा कृषि कलेज संचालन गरेका छाैँ। विद्यार्थीको माग र अाबश्यकतालाई ख्याल गरि कक्षा १२ संचालन गर्न अाबश्यक रहेकाे धारणा राख्नु भयाे । याे अभियान सफल पार्न एक्लाे प्रयासले सम्भव नहुने भएकोले सबै दाजुभाइ तथा दिदिबहिनीहरूले हातेमालो गरेर साथ दिनुपर्ने कुरामा उहाँले जाेड दिनु भयाे । अन्तरक्रिया कार्यक्रममा बाेल्दै अध्यक्ष केसीले विद्यालयकाे भाैतिक,वातावरणीय तथा अार्थिक विकासमा वडा कार्यालयले जस्तोसुकै सहयोग गर्न सक्षम रहेकाे धारणा राख्नु भयाे ।प्युठान नगरपालिका वडा न . १० का वडा अध्यक्ष पदम गिरीले शिक्षा क्षेत्रमा नगरपालिकाले ठुलाे धनराशि लगानी गरेकाे स्मरण गर्दै बाल विद्या मा. वि .मरन्ठाना मजुवामा कक्षा १२ संचालन गर्न अति अाबश्यक रहेकाे धारणा राख्नु भयाे । वडा अध्यक्ष गिरीले मरन्ठानाबाट प्युठान नगरपालिका भित्र रहेका अन्यत्र विद्यालयमा सयाैँ विद्यार्थीहरू पठनपाठनकाे लागि गएकाेले ती विद्यार्थीलाई राेक्नु पर्ने हाम्राे दायित्व रहेकाे बताउनु भयाे । उक्त कार्यक्रममा प्युठान नगरपालिका शिक्षा शाखाका प्रतिनिधि एवम स्राेतव्याक्ति विस्नुप्रसाद पाेख्रेलले शिक्षक स्टाफहरू मन,बचन कर्मले लागि पर्ने हाे भने कक्षा ११ र १२ सजिलैसँग संचालन गर्न सकिने बताउनु भएकाे थियाे स्राेतव्यक्ति पाेख्रेलले वडाबासीहरूकाे माग विद्यालय क्षेत्रकाे शैक्षिक सुधारका याेजनामा भन्दा अन्य क्षेत्रकाे विकासलाई प्राथमिकता दिएकाे गुनासाे गर्नुभयाे ।

उक्त कार्यक्रममा पुर्व अध्यक्ष डाेर बहादुर जिसी .,टेकुलाल गिरी , पुर्व प्रधानाध्यापक गणेशमान केसीका साथै ,समाजसेवी बुद्धिजीवी , चन्दादाता, अक्षयकोष दाता,राजनैतिक दलका प्रतिनिधिहरू फिडर विद्यालयका प्र.अहरू , अभिभावक , विद्यार्थी , शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले अाबश्यक सल्लाह र सुझाब दिनु भएकाे थियाे । विद्यालय प्रधानाध्यापक केशु गिरीले विद्यालयकाे समसामयिक प्रतिवेदन अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गर्नु भएकाे थियाे । शिक्षक रमेश गिरीले संचालन गरेकाे कार्यक्रमकाे अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेहरसिंह केसीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend