साझा नेटवर्क
अजय खड्का,गुल्मी बैशाख ८ ।
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले किसानलाई भैसी वितरण गरेको छ । दुग्ध उत्पादन, किसानको आय आर्जनको लागि व्यवसायीक भैसिपालनका लागि गाउँपालिकाले वडा नं. ४ मा उन्नत जातको भैसि वितरण गरेको छ ।
गाउँपालिकाले ५० जना कृषकहरुलाई भैसि वितरण कार्यक्रममा समाबेश गरेको छ । जस अन्तरगत पहिलो चरणमा मंगलबार २४ जना कृषकहरुलाई भैसि वितरण गरेको छ भने बाँकी २६ जना कृषकलाई अबको एक साता भित्र वितरण गर्ने भएको छ । धुर्कोट गाउँपालिका वडा नं. ४ बाट १ लाख ५० हजार संघिय शसक्त कार्यक्रम अन्तरगत भैसि पर्वद्धन मार्फत २१ लाख ७० हजार गरी कुल २३ लाख २० हजारको लगानी रहेको छ ।
गाउँपालिकामा रहेका किसानहरुलाई स्वरोजगार बनाउने, दुध उत्पादनलाई वृद्धि गर्ने र मासुजन्य वस्तुको उत्पादन गरी बजारको मागलाई परिपुर्ति गर्ने उद्देश्यले देविस्थान उन्नत दुग्ध सहकारी संस्था अन्तरगत ५ वटा उपसमुह बनाई किसानहरुलाई वितरण गरीएको गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो । उहाँले अबको २ वर्ष भित्रमा गाउँपालिकालाई दुध उत्पादनमा अत्मनिर्भर गराउने कार्यक्रम रहेको समेत बताउनुभयो ।
वितरण गरीएका २४ वटा भैसिहरुको विमा पनि भैसकेको र दोस्रो चरणका भैसि वितरण गरीसकेपछि किसानहरुलाई गोठ व्यावस्थापन कसरी गर्ने, भैसि कसरी पाल्ने,घाँसको व्यवस्था कसरि गर्ने भन्ने विषयमा तालिमको समेत आयोजन गर्ने गाउँपालिकाका पशुविकास शाखा प्रमुख श्याम कार्किले बताउनुभयो । अव २६ किसानको लागि दोस्र चरणमा २६ वटा भैसि वितरण गर्न बाँकी रहेकोे छ । भैसि पाए पछि किसान निक्कै खुसी भएका देखिएका छन् ।
यसरि वितरण गरीएका भैसि ३ वर्ष सम्म विक्र गर्न पाउने छैनन् । किसानहरुलाई एक औपचारीक कार्यक्रमको आयोजना गरी भैसि वितरण गरीएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend