साझा नेटवर्क
साझा नेटवर्क ,काठमाडौं, बैशाख ८ गते । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका दुई हजार २२० जना नयाँ सङ्क्रमित थपिएका छन् । आठ हजार ८४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमित सँगै नेपालमा कोरोनाका हाल दश हजार ५८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ८०३ जनाको एन्टीजेन परीक्षण गरेकोमा १३१ जनामा पोजिटिभ पाइएको जनाएको छ । एन्टीजेन सहित नेपालमा पछिल्लो चौबीस घण्टामा दुई हजार ३५१ जनामा कोरोना फेला परेको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २८७ जना सङ्क्रमित निको भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend