logo
  • आइतबार, असोज ११ २०८३

रेसुङ्गा नगरपालिकाको घटना दर्ता अभियान सफल बन्दै


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

पुर्ण बिश्वकर्मा,गुल्मी बैशाख ७ ।

रेसुङ्गा नगरपालिकाको घटना दर्ता अभियान सफल बन्दै गएको छ । पन्जीकरण बिभागको देशब्यापी अभियानका रुपमा रहेको “ब्यक्तिगत घटना दर्ता अभियान २०७८” को रेसुङ्गा नगरपालिकाले सक्रियता देखाएको छ ।बिभागले उक्त अभियान बैशाख २ देखि बैशाख १६ देशभरका स्थानिय तहमा एकै पटक सम्पन्न गर्दैछ । रेसुङ्गा नगरपालिकाले बैशाख २ गते देखि १४ वटै वडाहरुमा एकैपटक अभियानको सुरुवात गरेको हो । घटना दर्ता अभियानलाई सफल बनाउन पालिकाले अभियानसग सम्बन्धित ब्यानर, ब्रोसर, पम्लेट तथा स्टिकर निर्माण गरि प्रत्येक वडाहरुमा बितरण गरेको छ । अभियानलाई उदेश्यपरक बनाउन पालिकाबाट प्रत्येक दिन वडामा पुगि अभियानको समीक्षा गरिदै आइएको छ ।अभियानको सुरुवातसगै वडाहरुमा ब्यक्तिगत घटना दर्ता गर्नेहरुको क्रमिक वृद्धि भएको वडा नम्बर १० का वडाध्यक्ष पदम अर्याल बताउनुहुन्छ त्यस्तै अभियानलाइ सफल बनाउन आफू लागि पर्ने उहाँले बताउनु भयो  । त्यस्तै अभियानलाइ हरेक घर घरमा जानकारी गराउने उध्येश्यले विधालयहरुमा गइ विधार्थीलाइ अभियानको बारेमा जानकारी गराइ ब्रोसर, पम्प्लेट बितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend