logo
  • शुक्रबार, असोज ९ २०८३

लुम्बिनी प्रदेश सरकारका आन्तारिक मामिला तथा कानुन मन्त्री र सामाजिक विकास मन्त्रीले दिए राजीनामा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क ,६ वैशाख, बुटवल -प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै लुम्बिनी प्रदेश सरकारका आन्तारिक मामिला तथा कानुन मन्त्री र सामाजिक विकास मन्त्रीले राजीनामा दिएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् ।

यसअघि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको तर्फबाट प्रदेश सभा सदस्य इन्द्रजित थारुले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको हो ।

अबको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

अविश्वासको प्रस्तावमा ४१ सांसदको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend