साझा नेटवर्क
साझा नेटवर्क ,६ वैशाख, बुटवल -लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। सोमबार नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
नयाँ मुख्य मन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।
लुम्बिनी प्रदेशसभामा ८७ सांसद रहेका छन् । जसमा सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन् ।
प्रदेशसभामा माओवादी केन्द्रका सभामुख बाहेक १७, नेपाली काँग्रेसका २० र जसपा नेपालका ६ सांसद छन् । बहुमतका लागि कम्तीमा ४३ सांसद आवश्यक पर्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend