logo
  • शनिबार, कार्तिक २२ २०८३

अखिल नेपाल शिक्षक संघ प्युठानको चाैथाे जिल्ला अधिवेशन सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क, प्युठान वैशाख ०५।
अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशनलेअर्जुन बहादुर केसी काे अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गर्दै शनिवार बहुउद्देश्यीय शैक्षिक भवन पुण्यखाेलामा सम्पन्न भएकाे छ।
अखिल नेपाल शिक्षक संघकाे चाैथाे अधिवेशनले उपाध्यक्षमा डम्मरसिंह जिसी, सचिव धुर्व गिरी, महिला उपाध्यक्ष देवा बिस्ट , काेषाध्यक्ष महेन्द्र बहादुर केसी सह सचिव कल्पना थापालाई चयन गरेकाे छ । त्यस्तै सदस्यहरूमा दुर्गा थापा,भरत सुनार,विष्णु पाैडेल, वसन्त बहादुर जिसी,वेदराज ज्ञवाली ,काशिराम पाेख्रेल,बामदेव पाैडेल,नारायण केसी,लुस्याङ्जी केसीलाई चयन गरेकाे छ। अधिवेशनले ९ सदस्यीय केन्द्रीय प्रतिनिधि पनि छनाेट गरेकाे छ ।

अधिवेशनका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका संयाेजक केशबराज आचार्यले शुभकामना मन्तव्य दिदै अखिल नेपाल शिक्षक संघले जिल्ला भित्र शैक्षिक गुणस्तर वृद्धि गरि सक्षम नागरिक निर्माणमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्न आग्रह गर्नु भएकाे थियाे । अधिवेशनमा शुभकामना राष्ट्रिय जनमाेर्चाका प्रदेश अध्यक्ष बाेम बहादुर खत्री, जिल्ला अध्यक्ष कृष्णबहादुर खडका, शिक्षक संघ केन्द्रीय उपाध्यक्ष तारा बेलबासे , केन्द्रीय सदस्य चक्रपाणि पाैडेल, प्रदेश अध्यक्ष बालाराम पाेख्रेल लगायतका अतिथिहरूले मन्तव्य राख्नु भएकाे थियाे ।

३६ वर्ष पहिला स्थापना भएकाे संगठन हाे यस संगठनले स्थापना काल देखि वर्तमान अवस्थासम्म जिल्लाकाे शैक्षिक सुधारमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे ,शिक्षकहरूकाे पेशागत हकअधिकार प्राप्तीकाे लागि अग्रपंक्तिमा काम गरेकाे लगायतका कुराहरूकाे बारेमा अतिथिहरूले धारणा राख्दै अधिवेशनले देशकाे पछिल्लो समसामयिक परिवेशमा चलायमान हुन सक्ने कुशल नेतृत्व छनाेट गर्नेछ भन्दै अधिवेशनकाे सफलताको शुभकामना दिएका थिए । अखिल नेपाल शिक्षक संगठनमा प्युठान जिल्लाभरका ९ वटै स्थानिय तहमा गरि ६९३ जना शिक्षकहरू अाबद्ध रहेकाे संगठनले जनाएकाे छ ।

संघका जिल्ला सचिव डम्मरसिंह जिसीले प्रगति प्रतिवेदन , काेषाध्यक्ष महेन्द्र बहादुर केसीले  आर्थिक  प्रतिबेदन प्रस्तुत गर्नु भएकाे थियाे , कल्याण खडकाले स्वागत भाषण गरेकाे कार्यक्रमकाे अध्यक्षता संघका जिल्ला अध्यक्ष अर्जुन बहादुर केसीले गर्नु भएकाे थियाे भने कार्यक्रमकाे संचालन डम्मरबहादुर जिसीले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend