साझा नेटवर्क
अनिल खत्री गुल्मी बैशाख ५।
साझा नेटवर्क मिडिया प्रालिले गुल्मीका क्रियाशिल पत्रकारलाई सम्मान गरेको छ । नयाँ वर्ष २०७८ को असरमा आयोजित भित्तेपात्रो बिमोचन कार्यक्रममा जिल्लाका ६ जना क्रियाशिल पत्रकारलाई सम्मान गरेको हो।
सम्मानित हुनेहरुमा पत्रकार प्रेम सुनार, अनिल खत्री, हुमाकान्त पोखरेल, टोलपाल अर्याल, कमल पौडेल, देबेन्द्र केसी रहेका छन् । सम्मानित पत्रकारहरुलाई साझा नेटवर्क प्रालिका अध्यक्ष केशव कंडेल रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले सम्मान पत्रले सम्मान गरेका थिए ।
साझा नेटवर्कलाई बिभिन्न तबरले सहयोग गरेको भन्दै जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सम्मान गरिएको संस्थाका सल्लाहाकार हिमशिखर रसायलीलले बताए । सम्मान तथा भित्ते पात्रो बिमोचन गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पछिल्लो समयमा छापा मिडिया भन्दा पनि अनलाइन मिडियाले निकै फडको मारेको बताए ।
उनले धेरै अनलाइन मिडियाहरु खुलीरहेकाले विश्वसनीय माथी घटदै गएको बताए । अनलाइन मिडियाले समाचार राख्ने क्रममा कतिपयले झुटो र भ्रामक समाचारहरु पनि सम्प्रेषण गर्ने भएकाले त्यस तर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासनीय अधिकृत भक्तिराम मरासिनी, पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल आर्यालले छापा मिडिया भन्दा अनलाइन मिडिया प्रभावकारी बन्दै गएकाले सत्य तथ्य समाचार सम्प्रेषण गर्न जोड दिए ।
साझा नेटवर्क प्रालिले बिगत १२ वर्ष यता गुल्मी जिल्ला र देश भरका समाचारहरु सम्प्रेषण गर्दै आएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीमा नव निर्वाचित कार्य समितिलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार हुमाकान्त पोखरेलले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend