logo
  • शुक्रबार, साउन ८ २०८३

अपांगता परिचय पत्र नवीकरण तथा बितरण कार्यक्रमको शुभारम्भ


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क , रिडी चुरामणि तिमिल्सिना -गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा शुक्रबार देखि अपांगता परिचय पत्र नवीकरण तथा बितरण कार्यक्रमको शुभारम्भ गरिएको छ।

गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम , उपाध्यक्ष लक्ष्मी देवि पन्थ , स्वास्थ्य केन्द्रका प्रमुख छत्र बहादुर अधिकारी , स्वास्थ्य केन्द्रका डा बिकास पन्थि वडा न ३ का वडा अध्यक्ष शेष नारायण पौडेल , वडा न४ का वडा अध्यक्ष पर्सुराम ज्ञवाली ,वडा न५ का वडा अध्यक्ष हरि प्रसाद ज्ञवाली , कार्यपालिका सदस्य भगवती बराल , अन्जु केसि सुरक्षा निकाय ,पत्रकार लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा परिचय पत्र वितरण गर्दै अध्यक्ष गौतमले राज्यले तोकेको मापदण्डमा आफुहरुले परिचय पत्र वितरण गरेको रकसैलाई पनि पक्षपात नगरेको बताउनु भयो।
शुक्रबार सिबिर वाट ८४ जनाले नबिकरण सेवा लिएको र १३ जनालाइ नया परिचय पत्र प्रदान गरिएको उपाध्यक्ष लक्ष्मी देबि पन्थले बताउनु भयो । शिविर शनिबार रुरु ६ रिमुवामा र आइतबार प्राथमिक स्वास्थ केन्द्र रिडीमा आयोजना हुने उपाध्यक्ष पन्थले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend