logo
  • शनिबार, भाद्र २० २०८३

प्रम ओलीले प्रवासी नेपालीलाई भने “सिप सिक्नुस, पैसा कमाउनुस तर पिआर लिएर त्यतै नबस्नुहोला


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

देवेन्द्र केसी, नयाँ दिल्ली वैशाख २।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले कोरोना भाइरसविरुद्धको खोप उत्पादन नगरेपनि जनतालाई निःशुल्क खोप लगाएको बताएका छन । प्रवासी नेपाली एकता मञ्चले वुधबार आयोजना गरेको नयाँ वर्ष २०७८ सालको शुभकामना आदानप्रदान कार्यक्रममा जुम मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको स्वास्थ्यमा सरकार गम्भीर रहेको बताएका हुन।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले खोपको उत्पादन नगरेपनि प्रथामिकताको आधारमा नागरिकलाई खोप गराएको बताउँदै थप खोप खरिद गरेर दोस्रो चरणको खोप अभियान चाँडै सञ्चालन गरिने जानकारी दिए । प्रधानमन्त्री ओलीले कोरोना महामारीले नेपालको अर्थतन्त्रमा खासै प्रभाव नपारेको पनि बताएका थिए ।

कोरोना अवधीमा नेपालको निर्यात सकरात्मक बिन्दुमा गएको जानकारी प्रधानमन्त्रीले गराएका प्रवासी नेपाली एकता मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले जनाएका छन। २०७७ सालमा विकास निर्माणका काममा आशालाग्दो प्रगती भएको बताउँदै यही बैशाख ११ गते धरहराको पनि उद्घाटन गरिने जानकारी प्रधानमन्त्री ओलीले दिए ।

प्रधानमन्त्री ओलीले भने, नेपाल गरिब भएपनि हात फिजाएर माग्नु पर्ने अवस्था छैन । विकासलाई जनताको प्रतिव्यक्ति आय भन्दा पनि उनको जीवनमा आएको खुशीसँग दाँज्नुपर्ने धारणा प्रधानमन्त्री ओलीको थियो । ओलीले प्रवासमा बसेर पनि नेपालप्रतिको सद्भाव देखाएकोमा प्रवासी नेपालीहरुलाई धन्यवाद दिएका थिए ।

प्रधानमन्त्री ओलीले प्रवासमा बसेका नेपालीले अब नेपाल ढुक्क भएर लगानी गर्ने वातावरणको सिर्जना भएको बताउँदै नेपालमा बन्द, हडताल जस्ता गतिविधि नहुने भएकोले नेपालमा लगानी भित्र्याउनका लागि प्रवासमा रहेका नेपालीको महत्वपुर्ण भूमिका हुने उनले बताए ।

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीको नागरिकताको हकमा राजनीतिक बाहेक सबै हकको प्रयोग गर्ने मिल्ने बताएका छन् । कुनै एक देशको नागरिता लिनेले दोहोरो नागरिकता लिन नमिल्ने भन्दै प्रधानमन्त्री ओलीले आफन्तजनहरु मात्र होइन नेपालमा रहने सबै नेपालीले विदेशमा बस्ने नेपालीहरुलाई सम्मान र स्वागत गर्ने धारणा राखेका थिए ।

‘हजुरहरुले बिदेशमा सिप सिक्नुस, आर्थिक रुपमा सबल बन्नुस तर उतैको पिआर लिएर देशको माया नमार्नुहोला किनकी देशले हजुरहरुलाई औधी खोजिरहेको छ’भावुक हुदै ओलीले थपे।

प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समन्वय कमिटीका सचिव एवं अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष भक्त गुरुंगको सभापतित्वमा भएको थियो भने प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए । यस्तै, धन्यवाद ज्ञापन प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाकी अध्यक्ष सिर्जना नेपालीले गरेकी थिइन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, महासचिव हेमराज शर्मा, उपाध्यक्ष बद्री केसी, पूर्वअध्यक्ष शेष घले, भवन भट्ट, जीवा लामिछाने लगायत सहभागी थिए भने अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा, संयुक्त राष्ट्रसंघीय नियोगका स्थायी प्रतिनिधि अमृत राई, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेगमी, युएईका लागि नेपाली राजदूत युवनाथ लम्साल, जपानका लागि नेपाली राजदूत प्रतिभा राणा, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का, बहराईनका लागि नेपाली राजदूत पदम सुन्दास, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल, बेल्जियमकालागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, फ्रान्सका लागि राजदूत दिपक अधिकारी, ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य, कतारका लागि नेपाली राजदूत डा. नारदनाथ वाग्ले, स्वीटजरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई, साउदी अरेवियाका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह, कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी, मलेसियाका लागि नेपाल राजदूत उदयराज पाण्डे, स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगाना उपस्थित थिए ।

यसैगरी विभिन्न शहरका लागि नेपाली अवैतनिक महावाणिज्यदुतहरु प्रेमराजा महत, दिपक खड्का, उदयबहादुर रानामगर, रामप्रताप थापा, चन्द्र योञ्जन, आत्माराम खनाल, मकर हमाल, ऋषि ढकाल पनि शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी थिए ।

समग्र प्रवासीहरुको तर्फबाट आयोजक संस्थाले सुखी नेपाली सम्बृद्ध नेपालको नारालाई सफलिभूत बनाउन होस्टेमा हैसे गर्न प्रवासी नेपालीहरु सदैव तत्पर रहेको बताएका थिए भने आजको लागि मात्र होइन भोलिको निम्ति पनि राजनीतिक नेतृत्व यस्तो हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गर्दै नेपालको विकासमा वर्तमान सरकारले चालेका कदमहरुको प्रशंसा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend