logo
  • आइतबार, असोज ११ २०८३

इस्मामा आगलागी : घरगोठ जलेर नष्ट


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सन्तोष महतारा,गुल्मी बैशाख २ ।

गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ अम्मरपुरमा आगलागी हुदा घरगोठ जलेका छन् । अम्मरपुरको जैथुम बागदुलामा जंगलबाट सल्केको आगोका कारण नजिकै रहेका घरगोठ जलेको त्यहाँका स्थानीय रेशम कुँवरले जानकारी दिएका छन् ।आफुहरु आगलागी भएको ठाउँमा भएपनि नियन्त्रणमा लिन नसकिएको स्थानीय कुँवरले जानकारी दिएका छन् । आगलागीका कारण धन बहादुर बिककाे घरगोठ जलेर पुर्ण रुपमा नष्ट भएको छ । नम बहादुर बिक, टिका बहादुर चुदाँरा र नम बहादुर चुदाँराकाे गोठ जलेर नष्ट भएका छन् । आगलागीका कारण ४ बङ्गला पुर्णरूपमा क्षती भएका छन् ।

आगलागी दिउँसो १२ बजेबाट जंगलमा लाग्न सुरु गरेको थियो । आगाे नियन्त्रण बाहिर छ । हावाहुरीका कारण आगलागी नियन्त्रण बाहिर रहेको स्थानीय रेशम कुँवरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend