logo
  • आइतबार, असोज ११ २०८३

प्यूठानको टिकुरीमा सुविधा सम्पन्न बसपार्कको उद्घाटन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क प्यूठान,बैशाख १।

प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीले बाग्दुला टिकुरीमा रहेको सुविधा सम्पन्न प्यूठान बसपार्कको आज उद्घाटन गर्नुभएको छ । स्थानीयको सक्रियता तथा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय दाङले निर्माण गरेको बसपार्कको एक समारोहका बीच नगर प्रमुख कक्षपतीले उद्घाटन गर्नुभएको हो । उद्घाटनका अवसरमा नगरप्रमुख कक्षपतीले सुविधासम्पन्न बसपार्क सञ्चालनमा आएसँगै प्यूठानको ट्राफिक व्यवस्थापनमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले साघुरा सडकमा अस्तव्यस्त रुपमा हुँदै आएको सवारी साधनको पार्किङ्ग समस्या समाधानमा सहयोग गर्न यातायात व्यवसायीलाई समेत आग्रह गर्नुभयो । प्यूठान बसपार्क व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष शालिग्राम पण्डितको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा स्थानीयले पञ्चेवाजाको झाकीसहित खुशी साटासाट गरेका थिए । २०६९ सालमा वसपार्क स्थापना गर्न स्थानीय २७ जना जग्गादाताले साविकको विजुवार गाउँ विकास समितिलाई जग्गा दान गरेका थिए । अहिले वसपार्कको स्वामित्व प्यूठान नगरपालिकाको रहेको छ ।उद्घाटनका अवसरमा जग्गादाता तथा वसपार्क निर्माणमा सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा संस्थालाई कदरपत्र तथा सम्मान पत्र प्रदान गरिएको छ । जयवुद्ध÷ हिलटप÷इशान जेभि असन काठमाण्डौले ३ करोड ६४ लाख ९८ हजार ३४५ रुपैयाको लागतमा करिव एक वर्ष अघि नै वसपार्कको मुख्य कार्य सम्पन्न गरेको थियो । निर्माण भएको संरचनामा दुई तले मुख्य भवन एक वटा रहेको छ । जसको भुइतलामा ६ वटा सपिङ कोठा काउण्टर र वरण्डा रहेको छ । पहिलो तल्लामा दुई वटा कार्यालय कोठा १ वटा रेष्टुरेण्ट कोठा, १ वटा डोरमिटरी कोठा रहेको छ । शौचालय तथा बाथरुमका छुट्टे भवन रहेको छ । महिला, पुरुष र अपांगका लागि छुट्टाछुट्टै शौचालय तथा बाथरुम कोठा निर्माण भएको छ ।त्यस्तै दुई हजार वर्गमिटर ढलान, ३५९ वर्गमिटर इन्टरलकिङ्ग विछ्याइएको छ । वसपार्कमा यातृ प्रतिक्षालय, पालेघर, तथा ढलानको निर्माण कार्य चालु आर्थिक वर्षमा हुने अध्यक्ष पण्डितले जानकारी दिनुभयो । बसपार्कसम्म पुग्ने पहुच मार्ग पक्की नभएको कारण बसपार्क सञ्चालनको काममा ढिलाई हुन गएको वसपार्क सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ । उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय तहका प्रमुखले बसपार्क सञ्चालनको शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend