साझा नेटवर्क
हुमाकान्त पोखरेल, तम्घास वैशाख ०१।
गुल्मीमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भिर घाइते भएका छन्।
जिल्लाको सत्यवती गाउँपालिका–३ ठुलोलुम्पेकमा लु २ स ००९९ नम्बरको टेम्पो दुर्घटना हुँदा स्थानीय २८ बर्षिया तारा राहदीको ज्यान गएको वडाध्यक्ष रुकबहादुर रानाले जानकारी दिनुभयो ।
घटनामा परी एक बच्चासहित चारजना गम्भिर घाइते भएका छन् । घाइतेको अवस्था गम्भिर भएकोले पहिचान खुलिसकेको छैन। सत्यवती बजैको मन्दिरको दर्शन गगरेर ठुलोलुम्पेक फर्कदैँ गर्दा करिब १)४५ बजे क्वाङखोलामा टेम्पो दुर्घटनामा परेको हो।
अहिले जिल्ला प्रहरी कार्यालय, गुल्मीको समुह घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । टेम्पो चालक भने फरार छन् । घटनाबारे थप विवरण आउन बाँकी छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend