logo
  • शनिबार, कार्तिक २२ २०८३

प्युठानको स्वर्गद्वारी नजिकै भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क , बैशाख १ ,प्युठान – जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी रहेका जीप प्युठानको स्वर्गद्वारी नजिकै भएको दुर्घटनामा मृत्यु हुनेको
संख्या ५ पुगेको छ ।दुर्घटनामा अन्य दश जना घाइते भएका छन् ।
आज दिउँसो भएको दुर्घटनामा प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षीय श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्य प्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, गुल्मीका यमलाल पन्थी, मुसिकोट नगरपालिका ३ का २२ वर्षीय सवारी चालक केशव कार्कीको मृत्यु भएको हो ।
घाइते हुनेहरूमा रेसुङ्गा नगरपालिका ४ की २३ वर्षीया सुनिता कँडेल, २९ वर्षीया वसन्ती पौडेल, रेसुङ्गा नगरपालिका १ की गीता मुखिया, १२ वर्षीय अनिश
बोहोरा रहेका छन् ।
यस्तै रेसुङ्गा नगरपालिका २ की २४ वर्षीया तारा भण्डारी, ६ वर्षीय आशिष भण्डारी, ३३ वर्षीय दिल बहादुर थापा, २७ वर्षीया कमला ज्ञवाली, १२ वर्षीय सार्थक ज्ञवाली, चार वर्षीया निकिता पौडेल र मालरानी गाउँपालिका ३ का ३० वर्षीय सन्दीप परियार घाइते भएका छन् ।
घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचार भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।
घाइतेहरूको थप उपचारका लागि हेलिकप्टर बाट काठमाण्डौ पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend