logo
  • आइतबार, असोज ११ २०८३

पञ्जीकरण विभागले भोलिदेखि वडास्तरमै व्यक्तिगत घटना दर्ता गराउन शिविर सञ्चालन गर्ने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,काठमाडौं चैत ३१ ।

स्थानीय तहमै व्यक्तिगत घटना दर्ता गराउन पञ्जीकरण विभागले वडास्तरमै शिविर सञ्चालन गर्ने भएको छ । जन्म,मृत्यु,बसाइँसराई,विवाह र सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटना दर्ता प्रक्रियामा सहभागिता नबढेपछि विभागले वडास्तरमै शिविर राखेर दर्ता गराउन लागेको हो ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी वैशाख १ गतेदेखि १६ गतेसम्म देशभरका ६ हजार ७४३ वडामै शिविर सञ्चालन गर्न लागिएको हो । विभागका महानिर्देशक जितेन्द्र बस्नेतका अनुसार आगामी वैशाख १ गतेदेखि देशैभरका स्थानीय तहका सबै वडामा कम्तीमा ३ स्थानमा व्यक्तिगत घटना दर्ताका लागि शिविर सञ्चालन गर्न लागिएको हो । त्यसैगरी सोही शिविरबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नागरिकको निवेदन लिने र व्यक्तिगत घटना दर्ता पश्चात प्रमाणपत्रसमेत दिन लागिएको छ ।

यसअघि वडा कार्यालयसम्म पुग्नुपर्ने भएको कारण कतिपय नागरिकले जन्म,मृत्यु,बसाइँसराई,विवाह र सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घटना समयमै दर्ता गर्ने गरेका थिएनन् । जसका कारण जनसङ्ख्याको आधिकारिक विवरण,सामाजिक सुरक्षा भत्ता लगायतका विषयमा समस्या पर्दै आएको थियो । गाउँ र टोलमै पुगेर शिविर सञ्चालन गर्ने भएपछि १६ दिनको अवधिमा धेरैले व्यक्तिगत घटना दर्ता गराउने विभागको अपेक्षा रहेको छ ।

कानुनतः व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै स्थानीय तहमा गराउनुपर्ने व्यवस्था छ । व्यक्तिगत घटना दर्ताले विकासको खाका तयार पार्नसमेत सघाउ पुर्याउने भएकाले समयमै व्यक्तिगत घटना दर्ता गराउन पनि विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend