logo
  • आइतबार, असोज ११ २०८३

आगलागीले रेसुङ्गा गौशालाका गाई संकटमा, बचाउन गाउँलेद्वारा घाँस संकलन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी चैत ३०।
धमाधम जिल्लाका ठुला जंगलहरुमा आगलागी हुन थालेपछि गुल्मेलीहरु आयलकायल बनेका छन् । आगलागीले कैयन बन्यजन्तु, बहुमुल्य जडिबुटी र रुख बिरुवा नष्ट भएका छन् ।

त्योसंगै रेसुङ्गा क्षेत्रमा करिव एक हप्ता आगलागी भएका कारण गौशालाका गाईहरु समस्यामा परेका छन् । गाईलार्ई खुवाउने घाँस छैन । भने डढेलोले चरनको बिकल्प पनि छैन् । जसका कारण स्थानीयले घाँस संकलन गरिरहेका छन् ।

०४१ साल देखि रेसुङ्गा क्षेत्रमा गौशाला संचालन गरिएको छ । योगी नरहरीनाथले यज्ञ गरेर ३६ वटा गाईबाट गौशाला सुरु गरेका थिए । अहिले गौशालामा सवा सय गाई रहेको रेसुङ्गा संरक्षण समिति अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।

बर्षेनी साउने क्षेत्रबाट आगलागी हुने भएकाले घाँसको संकट मात्रै नभएर गाइहरुनै जोखिममा पर्ने गरेका छन् । भुसालले अहिले तत्काल आगोको थप जोखिम नभए पनि घाँस सवै नष्ट भएकाले मानवीय समवेदना देखाउन सवैलाई आग्रह गरे ।

आगलागीसंगै गौशालाका गाईहरुको बेजोग अवस्था देखेपछि रेसुङ्गा नगरपालिका १४ को कालिका युवा क्लब, जागृत सामुदायिक वन, गौशाला संरक्षण उपसमिति रातामाटा लगायत स्थानीयको पहलमा घाँस संकलन गरेर गौशालामा बुझाइएको कालिका युवा क्लबका अध्यक्ष दुर्गा प्रसाद गौतमले बताए ।

उनीहरुले तत्काल चार टयाक्टर घाँस र २५ किलो नुन प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend