logo
  • आइतबार, असोज ११ २०८३

प्रवासी नेपाली संघ भारत द्वारा प्रधानमन्त्री लाई ज्ञापन पत्र


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सुबास बस्नेत, नयाँ दिल्ली ।
चैत्र , ३०

प्रवासी नेपाली संघ भारतको उच्च स्तरीय केन्द्रीय प्रतिनिधि मण्डलले मुलुकका सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निबास बालुवाटरमा भेटगरी भारत प्रवासमा रहेका प्रवासी नेपालीहरुका बिभिन्नखाले समस्याहरुमा आधारित ज्ञापनपत्र पेसगरि भेटवार्ता सम्पन्न गरेको छ ।

प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारीको नेतृत्वमा संघका प्रमुख सल्लाहकार हरि प्रसाद घिमिरे ,संघका केन्द्रीय उपाध्यक्ष सीता अधिकारी ,संघका केन्द्रिय सचिब रामायण धमला र नेकपा एमालेका केन्द्रीय सदस्य तथा दक्षिण एशिया इन्चार्ज तिल बिस्वकर्मा समेत उपस्थिति रहेको ५ सदस्यीय प्रतिनिधि मण्डलले नेपाल- भारत बिचका सीमा नाकाहरुबाट नेपाली महिलाहरु ,बालबालिकाहरु भारत लगाएत तेस्रो मुलुक पुर्याउँदै गरिने बेचबिखन , हत्या , हिंसा बलात्कार जस्ता निन्दनीय र गैरमानबिय कार्य , सीमा नाकाहरुमा आवत-जावत गर्दा दुबै देशका पुलिस प्रशासनदेखी देखी असमाजिक तत्वहरु द्वारा गरिने प्रवासी नेपालीहरुमाथीको ठगी , लूटपाट र अभद्र ब्यबहारहरुलाई रोक्न सरकारको ध्यानाकर्षण बनाउँदै आबश्यक कदम चाल्न माग गरेको छ ।
प्रवासी नेपालीहरूले कार्यरत देशबाटै मातृभूमीमा हुने निर्बाचनमा मतदान गर्न पाउने अधिकारलाई कार्यन्वयन गर्न , प्रवासी नेपालीहरुले आर्जेको पूजी , प्रविधि ,सिप र ज्ञानलाई प्राथमिकता र सुबिधा सहित राष्ट्र निर्माण र बिकासमा जोडन , राज्यद्वारा प्रवासी नेपालीहरुलाई राष्ट्रसेवामा प्रत्यक्ष सहभागिता बनाउन अवसर प्रदान गरियोस भन्ने सरकार समक्ष माग प्रस्तुत गरेको छ ।

नेपाल सरकारले आफ्नो नक्सामा प्रकाशित गरेको भारत द्वारा अतिक्रमित गरिएको कालापानी ,लिपुलेख र लिम्पियाधुराको नेपाली भूमिलाइ नेपाल सरकार द्वारा दुई देशबीच कुटनैनिक तहको बार्ता गर्दै उक्त भुमि फिर्ता गरियोस भन्ने मागहरु सहित अन्य बिबिध मागहरुलाई लिएर नेकपा एमाले र नेपाल सरकारको ध्यानाकर्षण बनाएको छ ।

उक्त प्रतिनिधि मण्डलले माननिय उपप्रधानमन्त्री ईश्वर पोखरेल ,माननिय अर्थमन्त्री बिष्णु पौडेल ,माननिय उर्जामन्त्रि टोप बहादुर रायमाझी ज्युहरुलाई भेटगरी प्रवासी नेपालीहरुका समस्यामा आधारित मागपत्र पेसगरि समसामयिक राजनैतिक एवं सांगठानिक बिषयमा भेटबार्ता सम्पन्न गरेको छ । मुलुकको परिबर्तनमा प्रवासी नेपालीहरुको योगदानलाई उचित मुल्यांकन गर्दै प्रवासी नेपालिहरुका समस्याहरुलाई समाधानार्थ लगायत प्रतिनिधि मण्डलले ध्यानाकर्षण गराइएका बिषय प्रति नेपाल सरकारले उचित कदम चाल्ने आश्वासन पाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend