साझा नेटवर्क
साझा नेटवर्क, चैत २८ ।
पछिल्लो समयको साङ्गीतिक बजारमा नेपाली लोक गीत सङ्गीतको चर्चा परिचर्चा ह्वात बढेको छ। लोक दोहोरी गीत मात्र होइन यो क्षेत्र पनि नेपाली हरू माझ लोकप्रिय बन्दै गएको छ। लोक तथा दोहोरी गीत माया प्रेम र बिछोडले भरिएका दैनिक जसो बजारमा आई रहेका छन् ।

त्यसो त रमाइला, नचाउने किसिमका गीतहरु पनि नआएका होइनन् तर दर्शक श्रोताले मौलिक गीतलाई नै बढी रुचाउँछन् । यही साङ्गीतिक आकाशमा नयाँ मौलिक गीत थपिएको छ “मदानीमा नेती” । मदानीमा नेती एक विशुद्ध गाउँले नेपाली शब्द हो । मोही पार्दा प्रयोग हुने मदानी र नेती शब्दबाट पुरा गीत तयार पारिएको छ ।
दहीमा जति हाले नि पानी
बन्दैन मोही नेतीले नतानी
मदानीमा नेती
नेपाली समाजमा हराउँदै गएको मौलिकता लाई गीतले जुरुक्क बोकेको छ । युवा पुस्ताका निकै लोकप्रिय गायक विक्रम परियार र अम्रीता श्रीपालको आवाजमा रहेको नेतीले चर्चा पाइरहेको छ । गीत मा शब्द शरद पाण्डेले कोरेका छन् भने गीतको म्युजिक गायक परियार कै रहेको छ ।
भिडियोमा आफ्नो प्रेमिकाको नजिक अरूले प्रवेश गर्दा रिसको आवेगमा निम्तिएको गम्भीर समस्या र प्रहरीको खोजी सूचिमा रहेका प्रेमी वरिपरि घुम्ने कथालाई फिल्मी शैलीमा प्रवीन थापाले आकर्षक शैलीमा तयार पार्दै निर्देशित गरेका छन् ।
राजेश घिमिरेले छायाङ्कन गरेको भिडियोमा सुधीर श्रेष्ठ र रबिना भण्डारीको उत्कृष्ट नृत्य देख्न सकिन्छ। गायक गायिका द्वयलाई प्रहरीको भूमिकामा पेस गरिएको भिडियो Baba Entertainment Tv युट्युब च्यानलबाट बजारमा आएको छ v
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend