साझा नेटवर्क
चैत्र २८,काठमाडौँ — नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित हुनु भएको छ । शनिबार अपराह्न सकिएको मतगणना बाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो
नवनिर्वाचित महासचिव रोशन पुरीका अनुसार मतगणना सकिएको छ, अध्यक्षमा विपुल पोख्रेल २ हजारभन्दा बढी मतान्तरले विजयी हुनु भएको छ।
अध्यक्ष पोख्रेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई पराजित गर्नुभएको हो । त्यस्तै सोही प्यानलका माधव नेपाललाई हराउँदै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट विजयी हुनु भएको छ।
महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित हुनु भएको छ । उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई हराउनुभएको हो ।
समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोख्रेल समूहका उदय जिएम निर्वाचित हुनु भएको छ। महासचिवमा भने रोशन पुरी विजय हुनु भएको छ । उहाले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गर्नुभयो । खुला सचिवमा रामकृष्ण ज्ञवालीलाई हराउँदै गोविन्द्रप्रसाद चौलागाईं निर्वाचित हुनु भएको छ । महिला सचिवमा सिर्जना अर्याल शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी हुनु भएको छ । आदिवासी जनजाति तर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित हुनु भएको छ ।
सचिव मधेसी तर्फ दीपेन्द्र चौहान, सचिव दलित तर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित हुनु भएको छ ।
यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित हुनु भएको छ । सदस्यहरुमा सरिता तिम्सिना खस आर्य, सञ्चकुमारी लामा तामाङ आदिवासी जनजाति महिला, ललिताकुमारी साह मधेसी, शान्ति आङबुहाङ आदिवासी जनजाति, सरिता बराइली महिला दलित, भीषण राई आदिवासी जनजाति लगायत निर्वाचित हुनु भएको छ ।
विजयीहरुको औपचारिक घोषणा भने अपराह्न ५ बजेपछि गरिने निर्वाचन समितिले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend