logo
  • आइतबार, असोज ११ २०८३

सरोकारवालाहरुसंग छलफल तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

जोगिन्द्र मल्ल, प्युठान चैत २७ ।
पुर्ण संस्थागत सुत्केरी वडा घोषणा अगाबै सरोकारवालाहरु संग छलफल तथा अभिमुखिकरण एक कार्यक्रम बीच गौमुखी गाउँपालिका वडा न ७ नारिकोटमा सम्पन्न भएको छ।

गौमुखी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले यस आर्थिक बर्षमा गौमुखी गाउँपालिकाका ३ वटा वडा नारिकोट, खुङ र लिवाङमा संस्थागत सुत्केरी (0)होम डेलिभरी घोषणा गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेलाई रु एक हजार र स्वयंसेबिकालाई प्रोत्साहन स्वरुप एक सय रुपैयाँ दिने बताउनु भयो।

घोषणा हुनु अगाडि स्वास्थ्य ब्यबस्थापन समिति ,आमा समूह ,स्वयंसेविका कर्मचारी ,जनप्रतिनिधि ,समुदाय बीच समुदाय स्तरको सचेतनामुलक कार्यक्रम गरिएको हो।

टोल बस्ती समुदायमा र साबिकको वडामा पुगि तथ्यांक संकलन गरेर घोषणा गरिने स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले जानकारी गराउनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend