साझा नेटवर्क
उर्मिला यादव यात्री, नवलपरासी चैत २७ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको करिब एक लाख पाच हजार नौ सय रुपैया मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।
बिहीबार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नम्बर एक रमपुरवाबाट कुलिंग वाटर दश पिस, कब्जा एक हजार आठ सय पिस, डोल्ची २४ पिस र नटबोल्ट नौ किलो बरामद गरेको हो । उक्त हार्डवयरको सामान ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सोही स्थानमा छाडी मानिस मोटरसाईकल सहित भागेको प्रहरीले जनाएको छ ।
बरामद भएका सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend