साझा नेटवर्क
जोगिन्द्र मल्ल, प्युठान चैत २५ ।
आज बिहान एक्कासि गोठमा आगालागि हुँदा गौमुखी गाउँपालिका ३ रजवारा रेडाबाङका एकै परिवारका दुई बालकको ज्यान गएको छ।

रिम बहादुर राना कामको शिलशिलामा बाहिर रहेको र श्रीमती घाँस काट्न गएको बेला आगालागि हुँदा बर्ष ७ का हिमाल राना र बर्ष २ कि छोरी चाद्नी रानाको आगोमा जलि मृत्यु भएको र करिब चार लाख बराबरको क्षती भएको ईलाका प्रहरी कार्यालय पुजा लिवासेका प्रहरी प्रमुख हरि बहादुर गुरुङले जानकारी गराउनु भयो।

आगालागीको सूचना पाए लगतै गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन पन्थको नेतृत्वमा प्रहरी ,स्वास्थ्य कर्मी ,रेडक्रस सहितको टिम घटना स्थल पुगि उद्दार कार्यमा लागेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले बताउनु भयो।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend