logo
  • आइतबार, असोज ११ २०८३

भैसि प्रर्बद्धन कार्यक्रम , अनुगमन अन्तरक्रिया र अनुदान हस्तान्तरण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,२५ चैत ,रिडी चुरामणि तिमिल्सिना -गुल्मीको सत्यवति गाउँपालिकामा लागत साझेदारीमा भैसि प्रर्बद्धन कार्यक्रम , अनुगमन अन्तरक्रिया र अनुदान हस्तान्तरण कार्यक्रम वडा न ४ मा सम्पन्न भएको छ ।

पालिकाले आफ्नो रणनिति अनुसार यस पालिका लाइ किसान मुखि तथा आयआर्जन तर्फ लैजान भैसि प्रर्बद्धन कार्यक्रम अगाडी बढाइएको पालिकाका अध्यक्ष पारिस्वर ढकालले जानकारि दिनुभयो ।
अध्यक्ष ढकालले एक बर्ष भित्रमा यस पालिकामा १०० उन्न्त जातका भैसि भित्र्याउने योजना अन्तिम चरणमा पुगेको बताउनु भयो ।
युवाहरुलाइ वैदेशिक रोगजारमा नपठाउन र आफ्नो श्रम आफ्नै गाउँमा प्रयोग गर्न आग्रह गर्दै ७ जनालाइ जनही ५० हजारका दरले रकम हस्तान्तरण गरिएको थियो।
हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष सुबर्ण सेर्चन शाहि,प्रमुख प्रशासकिय अधिकृत झविस्वर रेग्मी ,वडा न ४ का वडा सदस्य डिल्लिराज भट्टराई , पालिकाका कृषि शाखा प्रमुख नारायण खनाल , वडा न ४ का वडा अध्यक्ष दान बहादुर राना जनप्रतिनिधि लगायतको सहभागीता रहेको थियो।
कार्यक्रममा अधिकृत रेग्मीले भैसि प्रर्बद्धन कार्यक्रममा दैनिकी सानो काम गरि गुजारा चलाउने कृषक बर्गहरुलाइ ठुलो टेवा पुग्ने भएकाले व्यवसाय लाई वृद्धि गर्न आग्रह गर्नु भयो ।
रकम हस्तान्तरण कार्यक्रम पस्चात विभिन्न योजनाहरुको अनुगम समेत गरिएको थियो।
यस्तै ठुलोलुम्पेकमा चट्याङले उडाएको लिफ्ट खाने पानीको एक समारोहका बीच मोटरको चाबि खोलेर पालिकाका अध्यक्ष पारिस्वर ढकालले उत्घाटन गर्नु भयो ।
खानेपानी योजना सम्पन्न गर्न गाउपालिकाको बिपद कोष बाट रू ५ लाख बिनियोजन गरिएको थियो।
जस बाट ठुलोलुम्पेक बैलुङका ३५ घर परिवार लाभान्वित हुने भएको हुन ।

कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष हस्त बहादुर थापाको अध्यक्षतामा गरिएको थियो ।
यस्तै पालिकाका पुर्बाधार समितिका संयोजक तथा वडा न ६ का वडा अध्यक्ष बिष्णु प्रसाद भण्डारी , वडा न३ का वडा अध्यक्ष रुक बहादुर राना , कार्यपालिका सदस्य नर माया राना, वडा सदस्य अर्जुन तरामु , सरोज राना लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend