logo
  • आइतबार, असोज ११ २०८३

आगलागिमा परेर बालिकाको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री
२० चैत, गुल्मी । गुल्मीमा आगलागिमा परेर एक जना वालिकाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–७ वाग्ला धाराखोली निवासी ९ वर्षकी संगीता परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

शुक्रवार घर नजिकैको खोलामा नुहाएर घर फर्किने क्रममा वनमा लागेको आगलागिमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । सल्ला सामुदायिक वनमा लागेको आगोमा बाटोमा हिडने क्रममा आगोमा परेर जलेको प्रहरी नायव उपरिक्षक पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend