logo
  • आइतबार, असोज ११ २०८३

गौमुखी गाउँपालिकाद्वारा प्रमुख प्रशासकिय अधिकृत पन्थीलाई विदाई


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

जोगिन्द्र मल्ल,प्यूठान चैत १९ ।

करिब २० महिनाको लामो बसाइँ पछि एक कार्यक्रम बीच आज कुशल प्रशासकको रुपमा काम गर्दै आउनु भएका गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीलाई बिधाई गरिएको छ । भने नयाँ आउनु भएका प्रमुख प्रशासकिय अधिकृत सुमन पन्थलाई स्वागत गरिएको हो । गौमुखी गाउँपालिकाको आयोजनामा भएको बिदाई तथा स्वागत कार्यक्रममा बोल्दै गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले यस गौमुखी गाउँपालिकामा रहदा सम्म उहाँले जनप्रतिनिधि ,कर्मचारी सेवाग्राही संग एक आपसमा परिपुरक सम्बन्ध र सहयात्रा गर्दै आएको गाउँपालिकामा हुने क्रियाकलाप गतिविधिमा अहम भुमिका खेल्दै आएको र गौमुखीमा उहाँले गरेको कामको उच्च कार्यसम्पादन भएको र भोलिको दिनमा उहाँ प्रती उज्जल भबिस्यको कामना व्यक्त गर्नु भयो ।भने नयाँ आउनु भएका सुमन पन्थलाई स्वागत गर्दै आगामी दिनमा आफ्नो काम कर्तव्य अधिकार पर्ती सकारात्मक र सहकार्य गर्न अनुरोध गर्नु भयो । त्यसै गरि बिदाई हुँदै गर्दै गर्दा प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले गौमुखीमा आफू हुदा सम्म जनप्रतिनिधि ,कर्मचारी बाट न्यानो माया सहयोग र साथ पाएको र गौमुखी बासी पर्ती धन्यवाद दिनु भयो ।भने जिम्मा समाल्न आउनु भएका प्रमुख प्रशासकिय अधिकृत सुमन पन्थले आफ्नो योग्यता,क्षमताले भ्याएसम्म सहकार्य सहमती गरि सेवा गर्ने प्रतिबद्धता गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend