साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं चैत १९, एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि कारबाहीको घोषणा गर्नुृभएको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै यसअघि स्पष्टीकरण सोधिएका पाण्डे र भुसाललाई ओलीले आज ६ महिना पार्टी सदस्यबाट निलम्बनको घोषणा गर्नुृभएको हो ।
ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई पनि ६ महिना निलम्बन गर्नुृभएको थियो ।चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले नेपाल सहित रावल, पाण्डे र भुसालले पार्टी हित विपरितको गतिविधि गरेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend