logo
  • आइतबार, असोज ११ २०८३

 १६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा १६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ ।
तीन हजार ९१९ जनाको पीसीआर परीक्षण गरिएकोमा १६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
थपिएका सङ्क्रमित सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित संख्या दुई लाख ७७ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा ५९ जना सङ्क्रमित निको भएका छन् । उक्त संख्या सँगै नेपालमा कोभिड १९ बाट मुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा कोभिड १९ बाट हुने मृत्युको पुष्टि भएको छैन् । हालसम्म कोभिड १९ बाट नेपालमा तीन हजार ३० जनाको मृत्यु भएको छ ।
हाल एक हजार ४९३ जनामा
भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend