साझा नेटवर्क
उर्मिला यादव, नवलपरासी चैत १७ ।
नेपालमा हुन् लागेको जनगणना २०७८ अन्तर्गत नवलपरासीको (ब.सु.प.)मा जनगणनाका लागि तयारी सुर भएको छ । राज्यलाई आफ्नो वस्तुस्थिति थाहा पाउन तथा विश्वसामु पहिचान गराउन सत्य, तथ्य तथ्यांकको अपरिहार्यता सवैले महसुस गरेका छौं । सही र भरपर्दाे तथ्यांकबाट मात्र राज्यलाई फड्को मार्न सजिलो हुने भएकोले सवैभन्दा भरपर्दाे तथा विश्वासिलो र व्यापक विषयवस्तु समेटिएको तथ्यांकको माध्यम भनेकै जनगणना हो ।
जनगणनाबिना राज्यमा सुशासनको कल्पना समेत गर्न नसकिने हुनाले यसको महत्व तथा आवश्यकता एकदमै व्यापक छ । विश्वमा, सत्रौं शताब्दीभन्दा पहिले सैनिक तथा कर प्रयोजनको रुपमा मात्र जनगणना हुन्थ्यो त्यस्तै नेपालमा जनगणनाको विजारोपण त्यति बेला भयो ।
जतिवेला तत्कालिन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणा वेलायत भ्रमण गर्न पुगे र उहाँसंग नेपालको जनसंख्या सोध्दा त्यसको जवाफ थिएन र उहाँले जनगणना गराउनुपर्छ भन्ने मानसिकताका साथ नेपाल फर्कनुभयो यधपि नेपालको पहिलो जनगणना वि.सं. १९६८ सालमा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर राणाको पालामा सम्पन्न भयो ।
त्यतिवेलाको जनसँख्या ५६,३८,७४९ रहेको थियो र त्यसपछिका जनगणना प्रत्येक १०÷१० वर्षमा गरिदै आएको छ । शुरुको चारवटा जनगणना व्यक्ति गणनाको रुपमा मात्र सिमित थिए भने नेपालको पाँचौ जनगणना ( वि.सं.२००९÷११ ) पहिलो वैज्ञानिक जनगणना हो र त्यसपछिका सम्पुर्ण जनगणनाहरु वैज्ञानिक तरिकाले गणना गरिदैं आएको छ ।
जनगणना मुख्यतया दुई विधिबाट गणना गरिन्छ ।
नेपालजस्तो विकासन्मुख देशहरुमा घटना दर्ता प्रणालीको राम्रो प्रभाव नहुनु र कानुनी स्थायी बसोबास गर्ने ठाँउ परित्याग नगरी अर्काे ठाँउमा पनि स्थायीसरह बसोबास गर्न पाउने भएकोले लिइएको तथ्यांक त्यति फलदायी हुदैंन, त्यसैले अन्य देशहरुसंग समेत तुुलनायोग्य बनाउनको लागि अन्य देशहरुसंग समेत अपनाइएको नियम परिभाषा बमोजिम स्थायी बसोबास गणना विधिलाई केही परिमार्जित गरी अक्सर बसोबास गर्ने ठाँउको आधारमा गणना गरिन्छ जसलाई : Odified De-Jure method भनिन्छ ।
अहिलेको जनगणना नेपालको इतिहासको १२ औँ तथा संघीय नेपालको पहिलो जनगणना हो । यस जनगणनामा ८० वटा विशेषता सहित ८० वटा प्रश्नावली रहेका छन् र यस जनगणनाले लैंगिक समानता तथा सामाजिक समावेशी बनाउन र दीगो विकासका लक्ष्यहरुको सुचक मापन गर्न समेत ध्यान दिई वडा,गा.पा.÷न.पा. तथा प्रदेशस्तरीय तथ्यांक उपलब्ध हुने गरी विवरण संकलन गरिदैछ ।
नवलपरासी(ब.सु.प.)मा तथ्यांक संकलन कार्य दुई चरणमा संचालन गरिन्छ । पहिलो चरणमा सुपरिवेक्षकले प्रत्येक घर तथा परिवारमा पुगि “घर तथा घरपरिवार सुचिकरण फारम ”वि.सं.२०७८ साल बैशाख २६ देखि जेठ १४ सम्म संकलन गर्छन् भने दास्रो चरणमा गणकले प्रत्येक परिवारमा पुगी मुख्य प्रश्नावलीको विवरण वि.सं.२०७८ साल जेठ २५ देखि असार ८ गते सम्म भर्नेछन् ।
नवलपरासी (ब.सु.प.)को हकमा जिल्ला जनगणना कार्यालय, जुन वि.सं.२०७७ चैत्र १ गते देखि स्थापना भइसकेको छ र वि.सं.२०७८ असार मसान्त सम्म रहनेछ साथै तीन वटा स्थानीय जनगणना कार्यालयहरु वि.सं.२०७८ बैशाख १ गते देखि रामग्राम न.पा.,सुनवल न.पा.र बर्दघाट न.पा.मा खडा गरिनेछ ।
यस जिल्लाका लागि ४८४ जना गणक तथा सुपरिवेक्षकद्वारा जनगणना सम्पन्न गरिनेछ । सुपरिवेक्षक तालिम बैशाख १६ देखि २२ सम्म र गणक तालिम जेठ १७ देखि २२ सम्म सम्पन्न गरिनेछ ।
संघीय संरचनामा जनगणनाबाट प्राप्त हुने तथ्यांक संघ, प्रदेश र स्थानीय तहका सरकारको लागि आधारभूत तथ्यांकको स्रोत हुने र राज्यलाई निरन्तर पृष्ठपोषण उपलब्ध गराउन सहयोग हुने भएकोले सम्पूर्ण आम प्रयोगकर्ताहरु बुद्घिजीवि, राजनीतिकर्मी, समाजसेवी, संचारकर्मी, उद्योगपति, व्यापारी, प्राज्ञिक वर्ग, योजनाकार, अर्थविज्ञ, शिक्षक, विद्यार्थी लगायत आम नागरिकलाई यस जनगणनाको नारा “मेरो गणना मेरो सहभागिता” लाई यथार्थ रुप दिन जिल्ला जनगणना अधिकारी विपिन कुमार पंजियार अनुरोध गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend