logo
  • शनिबार, साउन ३० २०८३

निःशुल्क स्वास्थ्य शिविरबाट १५ सय बढी लाभाम्बित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हुमाकान्त पोखरेल, गुल्मी चैत १३ ।
गुल्मीको मदाने गाउँपालिकाले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट कुल एक हजार ५६५ जना लाभाम्बित भएका छन् । गाउँपालिकाको ४० र हेल्प नेपालको ६० प्रतिशत साझेदारीमा मदाने गाउँपालिका –२ मा चारदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

आँखा, दाँत र महिला सम्बन्धि गाइनो रोगको चैत १० गतेदेखि निःशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो । जसअन्तरगत २९८ जनाले दाँत, २३५ जनाले महिलासम्बन्धि, ६६४ जनाले आँखासम्बन्धि तथा ३८८ जनाले जनरल ओपिडीमा जाचँ गराएका छन् ।

शिविरमा ५१ जनाको आँखाको निःशुल्क शल्लिक्रिया गरिएको छ भने ११ जना महिलाको पाठेघरमा रिङ प्रेसर राखिएको मधाने सामुदायिक स्वास्थ्य केन्द्रका प्रशासन प्रमुख यमलाल भुसालले राजधानी राष्ट्रिय दैनिकलाई जानकारी दिए । डा. अर्जुन श्रेष्ठको नेतृत्वको समुहले आँखाको मोतियाबिन्दुको शल्लिक्रिया गरेको थियो ।

डा. बिजु श्रेष्ठको नेतृत्वको समुहले दाँतसम्बन्धि तथा डा. बालगोविन्द चौधरी नेतृत्वको समुहले महिला रोगसम्बन्धि उपचार गरेको हेल्प नेपालका कार्यक्रम संयोजक कृष्ण ढकालले जानकारी दिए । मदाने गाउँपालिका –१ अग्लुङका दान बहादुर विष्ट ७७ बर्षका भए ।

लामो समयदेखि उनको आँखाको दृष्यशक्ति कम भएको महसुस गरेका थिए । तर विविध कारणले उपचार गराउन बुटबल वा अन्य ठाउँमा जान सकेका थिएनन् । गाउँमै आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा उनको आँखाको शल्लिक्रिया भयो । त्यसपछि उनी खुसि भएका छन् । ‘

घरमा परिवारका सदस्य भएपनि उपचारकै लागि टाढा जान सकिएको थिएन ।’ उनले भने, ‘गाउँमै आँखाको सफल र निःशुल्क अप्रेशन गर्न पाउँदा हर्ष लागेको छ ।’ मदाने गाउँपालिका –३ सिर्सेनीका ६६ बर्षका कृष्ण परियारले पनि शिविरमै आँखाको शल्लिक्रिया गराए । निर्वाचनका बेला नेताहरुले भोट माग्दा गरेको प्रतिवद्धता अहिले पुरा गरेको उनी बताउछन् ।

‘रकम अभावले उपचार गराउन सकिएको थिएन ।’ परियारले भने, ‘गाउँपालिकाले गर्दा मेरो आँखा जोगिएको छ, खुसि लागेको छ ।’ त्यसका साथै उनले शिविर आयोजना गर्ने गाउँपालिका, हेल्प नेपाल, आँखाको शल्लिक्रिया गर्ने डाक्टर लगायत सबैलाई धन्यवाद् दिए ।

गाउँपालिका उपाध्यक्ष सरिता खड्काले नागरिकको स्वास्थ्यसम्बन्धि अधिकारलाई सुनिश्चित गर्नको लागि शिविर आयोजना गरिएको बताइन् । त्यसका साथै ६० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यातायातको समेत सुविधा गराइएको उनले जानकारी दिइन् ।

गाउँगाउँमा आयोजना गरिने शिविरले नागरिकलाई उपचारको लागि तम्घास, बुटबल, भैरहवा, काठमाडौ लगायतका ठाउँमा जान नपरेको र खर्च समेत जोगिएको खड्काले बताइन् ।

सेवा लिनको लागि मदाने गाउँपालिकाका विभिन्न वडाको साथसाथै धुर्कोट, मालिका, इस्मा, बाग्लुङको बडिगाढ तथा प्युठानको झिमरुक गाउँपालिकाबाट समेत नागरिक मदाने पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend