अजय खड्का, गुल्मी चैत्र १२ ।
करिब दुइ वर्ष अघि ट्र्याक्टर दुर्घटनामा परि ढाड भाचिएर विस्तरामा थलापरेका गुल्मी जिल्लाको रेसुंगा नगरपालिका वडा नं २ का दिपक विकलाई वैदेशिक रोजगारीमा रहेका गुल्मीका युवाहरु द्वारा संचालित समाजिक संस्था गुल्मी सेवा समाज कतारले नगद रु. १५१०० (अक्षरेपी पध्र हजार एक सय ) सहयोग गरेको छ ।
आर्थिक अभावका कारण विस्तरामा लडिरहेका निज दिपकलाई थोरै भएपनी मल्हम पट्टि भएपनि पुगोस भनेर आफ्नो परिवारको छाक काटेर सो रकम पठाएका थिए ।
संस्था मार्फत संकलन गरि संस्थाका अध्यक्ष कुमार अविरल पन्थी मार्फत पठाइएको रकम सामाजिक संस्थामा कृयशिल अभियन्ता एवम् रेसुंगा नगरपालिकाको सूचना प्रविधि शाखाका हिमशिखर रसाइलीले हस्तान्तरण गर्नु भएको थियो ।
स्मरणरहोस् : दुइ दशकदेखि अनवरत रुपमा समाजका दिनदुखीहरुको सेवा र सहयोग गर्दै आइरहेको उक्त संस्थाले जिल्लालाई एम्बुलेन्स हस्तान्तरण गरिसकेको र अहिले विदेशमा अलपत्र परेका नेपालीहरु लाई खानाको व्यवस्था र नि:शुल्क टिकटको व्यवस्था गर्दै आएको छ ।
संस्थाले हाल शैक्षिक क्षेत्रमा योगदान पुर्याउने हेतु जिल्ला भित्रका १२ वटै स्थानीय तहका दुई -दुई वटा विद्यालय हरुमा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।