साझा नेटवर्क
साझा नेटवर्क,चैत ११ -रुपन्देही रुपन्देहीको तिलोत्तमा नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार–२०७७ प्राप्त गरेको छ ।
देशभरका महानगर, उप–महानगर र नगरपालिकाहरुको छाता
संगठन नेपाल नगरपालिका संघले सो पुरस्कार प्रदान गरेको हो ।
नेपाल नगरपालिका संघको २८ औं वार्षिक उत्सववको अवसरमा प्रधानमन्त्री केपी ओलीले तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चोधरी लाई कदर पत्र प्रदान गरेका छन् ।
तिलोत्तमा सँगै आर्थिक तथा राजस्व प्रशासन तर्फ कन्काई नगरपालिका र शहरी योजना तथा वातावरण व्यवस्थापन तर्फ वालिङ नगरपालिका पनि पुरस्कृत भएका छन् ।
संघले हरेक वर्ष उत्कृष्ट नगरपालिकाहरु लाई पुरस्कार प्रदान
गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगर प्रमुख घिमिरेले नगरपालिकाले प्राप्त गरेको पुरस्कारमा सबै जन प्रतिनिधि, कर्मचारी लगायत सम्पूर्ण नगरबासीको योगदान रहेको बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend