logo
  • आइतबार, असोज ११ २०८३

पत्रकार महासंघ प्यूठान शाखामा आवद्ध पत्रकारहरुको संख्या १ सय ४५ पुग्यो


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,प्यूठान चैत १० ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानमा आवद्ध पत्रकारहरुको संख्या १ सय ४५ पुगेको छ । पछिल्लो पटक सिफारिस भएका पत्रकारहरुको सदस्यता स्वीकृत भएसँगै संख्या डेढ सय नजिक पुगेको हो ।

यसअघि १ सय १६ जना कायम भएको महासंघको सदस्यता संख्यामा यस वर्षदेखि २९ जना नयाँ सदस्य थपिएका छन् । चैत २५ गते हुने नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश, जिल्ला र एशोसियट तर्फको निर्वाचनलाई लक्षित गर्दै महासंघले सवै जिल्लाका सदस्यहरुको संख्या सार्वजनिक गरेको छ । प्यूठान शाखामा आवद्ध सदस्यहरुमध्ये तीन जना देश बाहिर भएपनि अन्य सदस्यहरु देशका विभिन्न जिल्लामा रहेर पत्रकारिता आवद्ध छन् । चैत २५ गते पहिलोपटक पत्रकार महासंघको तीन वटै तहमा आम निर्वाचन हुँदैछ ।

पत्रकारका पेशागत संघ, संगठनहरुमध्ये प्रेस यूनियन, प्रेस संगठन, प्रगतीशिल पत्रकार संघ र प्रेस नेपालले चुनावी एकता गरेको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन् । चुनावको मिति नजिकिदै गर्दा नेतृत्वको लागि पत्रकारहरुबीच आन्तरिक जोड घटाउको रस्साकस्सी शुरु हुन थालेको छ ।

पत्रकारहरुको नामावली :

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend