logo
  • शनिबार, भाद्र २० २०८३

अर्घाखाँची सेवा समाज कतारद्वारा संस्थापक सदस्य बस्नेतलाई बिदाई


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सन्तोष केसी,दोहा ।

अर्घाखाँची सेवा समाज कतारले बर्तमान कार्यसमितिका सल्लाहकार तथा संस्थापक सदस्य रेमबहादुर बस्नेतको बिदाई कार्यक्रम सम्पन्न गरेको छ । रोजगारीको सिलसिलामा २२ बर्ष अगि कतार प्रवासमा आइ यहाँ छरिरहेर रहेका जिल्ला बासीहरुलाई एकजुट गराउनको निम्ति “अर्घाखाँची सेवा समाज कतार” स्थापना गर्दा संस्थाको सदस्य रहेका बस्नेतलाई एक कार्यक्रम आयोजना गर्दै खादा र सम्मान पत्रद्वारा बिदाइ गरेको हो । संस्थाका अध्यक्ष टेकराज थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बस्नेत रहेका थिए । कार्यक्रममा पत्रकार अर्जुन पौडेल, समाजका सल्लाहकार राम प्रसाद पराजुली, प्रमुख सल्लाहकार ठाकुर कुमार परियार, संरक्षक क्रान्ति सिंह लगायत कार्यसमितिका सदस्य हरुको बाक्लो उपस्थिती रहेको थियो ।

उपाध्यक्ष बिष्णु कुंवरले उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्यबाट स्वागत गर्दै सुरु भएको कार्यक्रममा कार्यसमिति सदस्य तिलक राम घिमिरे, कोषाध्यक्ष नेत्र आचार्य, सल्लाहकार राम प्रसाद पराजुली ,प्रमुख सल्लाहकार ठाकुर कुमार परियार लगायतले शुभकामना मन्तव्यको क्रममा बस्नेतले संस्था स्थापनाकाल देखी अहिले सम्म पुर्याउनु भएको योगदानको विशेष चर्चा गर्दै जुन हिसाबले संस्थामा अभिभावकको रुपमा रहदै गर्दा अहिले बिदाई गर्दा दु:खद लागेको अनुभव सुनाए । तर बिदेश बसाइ सबैको क्षणिक भएको हुनाले सबैजना एकदिन स्वदेश फर्किनै पर्ने बताउदै बस्नेतको यात्रा सफलताको कामना गरे ।कार्यक्रममा संरक्षक क्रान्ति सिंहले बोल्दै संस्थापक सदस्य तथा सल्लाहकार साथै एक कुशल अभिभावक, अग्रज ब्याक्तित्व रेम बहादुर बस्नेतको बिदाई गर्दा दु:खद लागेपनी एक दिन सबै नेपाल फर्किनु पर्ने बताए । संस्था स्थापनाकाल देखी आज सम्म आउदा विभिन्न बाधा अबरोधलाई छिचोल्दै यहाँ सम्म आएको बताउदै आगामी दिनमा पनि उहाँले दिएको मार्ग निर्देशन सुझाव सल्लाहलाई मनन गर्दै अगाडी बढ्ने बताउदै नेपाल फर्किएर यहाँ सिकेको सीप, ज्ञानलाई उचित ठाउँमा उपयोग गर्नुपर्ने धारण राख्दै आफ्नो शुभकामना मन्तव्य दिएका थिए ।

त्यस्तै प्रमुख अतिथि बस्नेतले कोरोनाको कहरका बेलापनि संस्थाले बिदाई तथा सम्मान कार्यक्रम गरेको र विभिन्न समयको बावजुत पनि समय मिलाएर कार्यक्रममा उपस्थिति सम्पूर्णमा आभार प्रकट गरे । उनले कतारको २२ बर्ष लामो बसाइको क्रममा कुनै अवरोध नखेपी नेपाल फर्किन लागेको बताए । संस्थाले लिएका उदेश्यहरु अहिले सम्म सफल रहेको बताउदै आगामी दिनमा नेपालमा रहेरपनि सबैको यसैगरि माया साथ रहेने आशा गर्दै आफू भौतिक रुपमा टाढारहेता पनि मन मस्तिष्कमा भने अर्घाखाँची सेवा समाज कतारनै रहने बताए । सोही अवसरमा भर्खरै गत १९ मार्च 2021 दिन सम्पन्न ।नेपाली काङ्ग्रेस निकट प्रवास संगठन जनसम्पर्क समिती कतारको एतिहासिक पाँचौ राष्ट्रिय अधिबेशनबाट नव निर्बाचित जिल्लाबासी यस संस्थामा आवद्ध ब्याक्तित्वहरु समाजका प्रमुख सल्लाहकार ठाकुर कुमार परियार उप- सभापतिमा, सल्लाहकार केदार नाथ भुसाल महामन्त्रीमा, कार्यसमिति सदस्य तिलक राम घिमिरे र पुर्व कार्यसमिति सदस्य कृष्ण शाह सदस्यमा निर्वाचित भएका हुन भने संरक्षक क्रान्ति सिंह नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रतिनिधि सदस्यमा चयन हुनुभएकोमा सोही कार्यक्रममा उहाँहरुलाइ कार्यकाल सफल रहोस भन्दै उपस्थित सम्पुर्णले खादा लगाई बधाई सहित शुभकामना दिएका थिए ।

कार्यक्रममा उपस्थित विभिन्न बक्ताहरुले बोल्दै समग्रमा नेपाली जनसम्पर्क समिती कतारको कार्यसमितिमा अर्घाखाँची सेवा समाजका ब्याक्तित्व निर्बाचित हुँदा खुशी बनाएको बताए । जिल्लाको लागि यो एउटा उपलब्धि र गर्व गर्ने लायक विषय भएको बताउदै आगामी दिनको यात्रा अझै सफल अनि सबल बनोस भन्दै शुभकामना दिए । कार्यक्रमको अन्त्यमा सभापति टेकराज थापाले बस्नेतले संस्थालाई दिएको योगदानको विशेष चर्चा गरे । साथै उहाँको यात्रा सफल रहोस भन्दै शुभकामना मन्तव्य दिएका थिए ।

त्यस्तै जनसम्पर्क समिति कतारको एतिहासिक पाँचौ राष्ट्रिय अधिबेशनबाट अर्घाखाँची जिल्लाबाट संस्थामा आबद्ध ब्याक्तित्वहरु जिम्मेवारी पदमा निर्वाचित हुनुभएकोमा अर्घाखाँची बासिले गर्व गर्नु पर्ने बताए । आफ्नो आस्था फरक रहेता पनि जिल्लाको हित पहिचान प्रवासमा रहेर भएपनी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताउदै बधाई एवं सफल कार्यकालको शुभकामना दिएका थिए । भने कार्यक्रमको सहजीकरण महासचिव बालाराम पाण्डे र सचीव अनिल परिवारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend