logo
  • शुक्रबार, असोज ९ २०८३

राष्ट्रपति भण्डारी र बङ्गलादेशी प्रधानमन्त्री हसिना बिच भेटवार्ता


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

चैत ९ ,काठमाण्डौ – बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी सँग सोमवार राजधानी ढाकामा रहेको होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, बङ्गलादेशका विदेश मन्त्री डा. एके अब्दुल मोमेन सहित दुवै देशका उच्च स्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक
सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ ।
सोमवार नै बङ्गलादेशका विदेश मन्त्री डा. मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमवार बङ्गलादेश पुग्नुभएको हो ।
राष्ट्रिय ध्वजा वाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमान मार्फत बङ्गलादेश पुग्नुभएकी राष्ट्रपति भण्डारी लाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकाको हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले आज नै बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ भने द्विपक्षीय सम्झौता
समारोहमा सहभागी हुनुहुनेछ । दुई देशबीच पर्यटन, कृषि र
संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ ।
रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend