साझा नेटवर्क
गंगा भण्डारी , चैत ८,बुटवल -नागरिक संगठनका सदस्यहरुको क्षमता अभिवृद्धि तालिम बुटवल उपमहानगरपालिका
रुपन्देहीमा सम्पन्न भएको छ ।
सामाजिक परिवर्तन केन्द्र काठमाण्डौको आयोजनामा
नेपालमा संघिय शासन प्रणाली सुढृढीकरणका लागि नागरिक संलग्नता तथा सर्तकता क्षमता अभिवृद्धि
परियोजनाका विषयमा प्रशिक्षण दिइएको थियो ।
चैत्र ६ गतेदेखि ८ गतेसम्म ३ दिन सञ्चालित तालिममा बुटवल उपमहानगरपालिका र शुद्धोधन गाउपालिकाका २५ जनालाइ प्रशिक्षण दिइएको थियो ।
तालिम समापनको अबसरमा बुटवल उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री ,नेपाली कांगे्रस बुटवल उपमहानगर समिती सभापती खेलराज पाण्डे ,शुद्धोधन गाउपालिकाका अधिकृत कुञ्जेश्वरी
चौधरी र नागरिक संगठनका सदस्यहरु बिच संवाद कार्यक्रम गरिएको थियो ।तालिममा प्रमुख तालिम प्रशिक्षक फटिक बहादुर थापा ,सामाजिक परिवर्तन
केन्द्रका कार्यक्रम प्रबन्धक निश्छल खराल ,कविता चापागांइ र दिवश सायामले प्रशिक्षण दिनुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend