साझा नेटवर्क
साझा नेटवर्क,दोहा l
विवेकशील साझा पार्टीले अन्तर्राष्ट्रिय संयोजकमा सुरेश भट्टलाई चयन गरेपछी कतारमा रहेका नेपाली समाज लगायत विभिन्न समुदायका नेतृत्वको र बुद्धिजीवी वर्ग सबैले सामाजिक संञ्जाल फेसबुकबाट शुभकामना दिएका छन l
कतार देशमा भट्ट सबै नेपालीजनको आशाको केन्द्रमा भएका व्यक्ति हून l १८ मार्च विहिबार विवेकशील साझा सद्भाव समूह कतारले गणेश कार्कीको अध्यक्षतामा शुभकामना कार्यक्रम गरी आयोजना प्रतक्ष्य रूपमा अन्तर्राष्ट्रिय संयोजक सुरेश भट्ट संग शुभकामना साथै खुशी साटेका छन् l विलक्षण क्षमता भएका भट्टलाई सल्लाहकार टंक चौलगाई,कल्याण अधिकारी, सुवास गौतम, सुजन ढकालले शुभकामना दिएका थिए l
यसै गरी सह संयोजक जय शंकर शाह, संगठन विभाग प्रमुख गोपाल न्योपाने, सन्तोष केसी, कुमार राई आदिले पनी शुभकामना मन्तव्य दिएका छन् l बधाई तथा शुभकामना कार्यक्रमको अध्यक्षता गर्नू भएका गणेश कार्कीले, खाडी मुलुकबाट पनी नेतृत्व गर्न सक्ने व्यक्ति छन् भन्ने संदेश विवेकशील साझा पार्टीले दिएकोमा केन्द्रलाई धन्यवाद दिदैँ, पार्टीले सही व्यक्ति चयन गरेकोमा शुभकामना सहित धन्यवाद ज्ञापन गरे l
कार्यक्रम कल्याण थापाले संचालन गरेका थिए l
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend