साझा नेटवर्क
साझा नेटवर्क, चैत ५।
नेपाली चलचित्र “श्रृजना”को सुटिङ प्याक अप भएर धमाधम सम्पादन भईरहेको छ । मनाहरी मकवानपुरबाट क्यामेरा “अन” भएको चलचित्रको मकवानपुरका विभिन्न रमणीय स्थालहरूमा छायांकन गरिएको निर्देशक बाबु थिङले जानकारी दिए ।

क्रियसन स्टुडियो प्रालिको प्रस्तुतिमा निर्माण भई रहेको चलचित्र “श्रृजना” फिल्ममा पुरानो कलाकारहरु किशोर खतिवडा,बिरेन, सबिता, प्रेक्षा, राम चन्द्रा अधिकारी, (गोप्ते काजी), सुभास गजुरेल, रमेश अधिकारी, केदार दवाडी, बिन्दा थिङ र सन्ध्या शाह लगायत मकवानपुरका अन्य कलाकारको पनि अभिनय रहेको छ ।

स्थानीय समाजसेवी सन्देश कालाखेतीको पनि अभिनय र बिशेष सहयोग यस चलचित्रमा रहेको छ ।

संध्या शाह निर्माता रहेको यस चलचित्रले अहिलेको समयमा पनि समाजमा दलित वर्गसंग गरिने ब्यबहार र छुवाछुत सम्बन्धि गरिने भेदभाव संबिधानमा मात्र लेखेर राखेर हुदैन हामी आफैल पनिे समाजमा जागरण र प्रेरणा दिनु पर्छ भनेर एउटा ब्याक्तिले दलित केटीसंग माया प्रेम गर्दा समाजबाट र परिवारबाट हुने अपहेलना र जीवन संर्घष कसरी गर्न पर्छ भन्ने कुरा “श्रृजना” चलचित्र मार्फत देखाउन प्रयास गरिएको छ ।

सुनिल सिंहको छायांकन, दव्द्ध निर्देशक राजु किरात, राजन महर्जनको कोरियोग्राफी, पटकथा ऋतु राज पर्खिन रहेको चलचित्रको संगीत बिकाश चौधरीले र मुख्य सह निर्देशक बिन्दा थिङ गरेका छन् ।

कला क्षेत्रमा २०४८ प्रवेश भई २०५८ साल देखी कला क्षेत्रलाई निरन्तरता दिदै नृत्य, दुद्ध र निर्देशक बिधामा काम गरिरहनु भएका निर्देशक थिङले नेपाली, तामाङ,भोजपुरी ,चौधरी, डोटेली, गुरूङ, मगर र सेलोभिजानमा अहिलेसम्मकै धेरै जातीय भाषा भाषी चलचित्र निर्देशक गर्नु भैसकेको छन् ।
भर्खरै मात्र छायांकन सकिएको नेपाली चलचित्र श्रृजनाका कथा, गित, सम्बाद र निर्देशक बाबु थिङले गर्नु भएको छन् ।
चलचित्रलाई २०२१ भित्र प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको रहेका चलचित्र “श्रृजना” यृनिटले साझा नेटवर्कलाई जानकारी दिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend