logo
  • आइतबार, असोज ११ २०८३

धार्मिक तथा पर्यटकीय स्थलको प्रचार प्रसार गर्न होटल व्यवसायी मेची–महाकाली अभियानमा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

बुटवल, चैत ४ ।
पर्यटन प्रबद्र्धन गर्न र जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको प्रचार प्रसार गर्न होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले मेची–महाकाली अभियानशुरु गरेको छ । मंगलवार रुपन्देहीको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघसंग भेटघाट गरेको छ ।

कोभिड संक्रमणका कारण धरासायी बनेको पर्यटन क्षेत्र र होटल व्यवसायलाई पुनरुत्थानका लागी कपिलवस्तुबाट प्रचार प्रसार कार्यक्रम शुरु गरिएको हो । जिल्लाबाट १८ सदस्यिय टोली चैत ३ देखी १४ गते सम्मको अभियानमा हिडेको छ ।

मंगलवार टोलीलाई होटल तथा रेष्टुरेण्ट व्यवसायी रुपन्देहीमा पुगेर जिल्लाका धार्मीक तथा पर्यटकीय स्थलको वारेमा जानकारी गराएको हो । रुपन्देहीले उक्त अभियानलाई सफलवनाउन एक्यबदता जनाएको संघका अध्यक्ष राम प्रसाद गौतमले बताउनु भयो ।

देशका ७ वटै प्रदेशमा पुग्ने टोलीले कपिलवस्तु जिल्लाको पुरातात्विक र पर्यटकिय क्षेत्रको प्रचारात्मक सामाग्री र बृत्तचित्र सहित सातै प्रदेशका पर्यटन, वन तथा बातावरण मन्त्रालयमा पुग्नेछ । त्यहाँ पुगेर होटल व्यवसायीका समस्या बारे ज्ञापन पत्र बुझाउदै कपिलवस्तुका पर्यटकिय क्षेत्रको भ्रमणका लागी निमन्त्रणा समेत दिईने छ ।

त्यसै गरि सम्बन्धित जिल्लाका होटल व्यवसायी सँग समेत पर्यटक आवागमन बृद्धिका लागी अन्तरक्रिया गर्ने टोलीको योजना छ । मेची–महाकाली पर्यटन प्रबद्र्धन अभियानमा जान लागेको टोलीले कपिलवस्तुका प्रजिअ चक्रपाणी पाण्डेलाई ज्ञापनपत्र बुझाउदै सम्बन्धित प्रदेशमा आवश्यक समन्वय गरि दिन आग्रह गरेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका गोपाल बहादुर खत्री, ले बताउनु भयो ।

कोभिडको मारमा परेको पर्यटन क्षेत्रको पुर्न उत्थानमा सहयोग पुर्याई आन्तरिक र बाह्रय पर्यटक आगमनको दर बढाउने उद्देश्यले अभियान शुरु गरिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गोपाल बहादुर खत्रीले जानकारी दिनु भयो ।

होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले आन्तरिक पर्यटक नै पर्यटनको प्रमुख माध्यम वनाउनमा पर्यटन व्यवसायीको जोड दिनु भयो । उहाँले अभियानलाई सफल बनाउन सके प्रदेश कै पर्यटकीय स्थलको संरक्षणमा टेवा पुग्ने धारणा राख्नु भयो ।

होटल व्यवसायी संघ रुपन्देहीका निर्वतमान अध्यक्ष समुन्द्र जिसीले कोरोनाले थला परेको पर्यटन व्यवसायलाई अभियानले केही टेवा पुग्ने धारणा व्यक्त गर्नु भयो । अभियानलाई सफल वनाउन रुपन्देहीका होटल व्यवसायीले एक्यवदता जनाएका छन ।

देशका ७ वटै प्रदेशमा पुग्ने टोलीले कपिलवस्तु जिल्लाको पुरातात्विक र पर्यटकिय क्षेत्रको प्रचारात्मक सामाग्री र बृत्तचित्र सहित पर्यटन, वन तथा बातावरण मन्त्रालयमा पुगेर दिने ध्यानार्कर्षणपत्रले सिगो मुलुकको प्रर्यटन क्षेत्रको विकासका लागि केही भय पनि वजेट विनीयोजन गर्न सार्थक बने अपेक्षा लिएका छन ।

संघका रुपन्देही अध्यक्ष राम प्रसाद गौतम वरिष्ठ उपाध्यक्ष बावुराम गौतम महासचिव माधव कुमार खनालले व्यवसायीलाई फुलमाला र खादाले स्वागत गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend