logo
  • आइतबार, असोज ११ २०८३

अनेरास्ववियू गुल्मीले संगठन सुदृढीकरण तथा विस्तार अभियान गर्ने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी चैत ३ ।
अनेरास्ववियू जिल्ला कमिटी गुल्मीले बैठक सम्पन्न गरेको छ । जिल्ला सदरमुकाम तम्घास स्थित मदनअश्रीत स्मृति भवन पार्टी कार्यालयमा सम्पन्न बैठकले ३७ सदस्यीय सचिवालय सदस्य रहने व्यवस्था अनुसार मनोनित गरेको छ ।

अनेरास्ववियू गुल्मीका संयोजक बिमल छन्तेलले बताए । केहि बाँकी सचिवालय सदस्यहरु भुगोल, आरक्षण तथा संगठन निर्माणको अभियानसँगै पदपुर्ति गरिने निर्णय भएको छन्तेलले बताए ।

बैठकले अनेरास्ववियूको केन्द्रिय कमिटीको सर्कुलर अनुसार बिद्यालयदेखि विश्व विद्यालयसम्म संगठन सुदृढीकरण तथा बिस्तर अभियान गर्ने निर्णय गरेको छ ।

बैठकमा अनेरास्ववियू केन्द्रिय कमिटी सचिवालय सदस्य काशीराम पाण्डे, केन्द्रिय सदस्यहरु बासुदेव घिमिरे, उदय अर्याल, चिरञ्जीवी ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

बैठकको सहजीकरण जिल्ला सह–संयोजक दशरथ पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend