साझा नेटवर्क
केशब गौतम, गुल्मी चैत ३।
तेस्रो फोर्टिन स्टार कप २०७७को फुटबल खेल आजबाट तम्घासमा सुरु भएको छ । गुल्मीको सदरमुकाम तम्घास चिदिचौरमा भएको पहिलो खेल रिडर्स पब्लिक हाइ स्कुल तम्घास गुल्मी र मालिका माध्यमिक बिधालय घमिर बिच भएको थियो ।

सोही खेलमा मालिका माध्यमिक बिधालय इश्मालाई ४/१ ले पराजित गर्दै रिडर्स पब्लिक हाइ स्कुल तम्घासले जित हासिल गरेको छ ।
रिडर्स पब्लिक हाइ स्कुलका बिद्यार्थी सुगम बराल पेलेअर अफ द म्याच समेत बनेका छन । भने आजै भएको दोस्रो खेल सिद्धबाबा माध्यमिक विधालय तम्घास र जनजागृती माध्यमिक बिधालय छत्रकोट हुगा बिच भएको थियो।आज भएको दोस्रो खेलमा ५/० ले पराजित गर्दै सिद्धबाबा माध्यमिक बिधालय तम्घास गुल्मीले जित हासिल गरेको छ ।
सिद्धबाबा माध्यमिक बिधालयका बिद्यार्थी भुबन कुवर पेलेर अफ द म्याच बनेका छन ।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिलिराज भुसालको प्रमुख आथित्यता रहेको कार्यक्रममा एस पि गोपाल चन्द भटराइ , मेजर डायमन्ड कार्की र रेसुङ्गा नगरपालिका ओडा न १, २ र ८ का जनप्रतिनिधिहरुको विशेष आथित्यता रहेको कार्यक्रममा स्वागत मन्तव्य क्लब का उपाध्यक्ष सुरज पोखरेल गरेका थिए ।
क्लबका अध्यक्ष बिक्रम सिह बुढाथोकीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सन्चालन क्लबका महासचिब नारायण आचार्यले गरे । आजबाट सुरु भएको खेल ७ गतेसम्म चल्ने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend