logo
  • आइतबार, असोज ११ २०८३

महेन्द्र माविलाई ग्लोबल आइएमई बैंक तम्घासद्वारा फूटबल जर्सी हस्तान्तरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

केशब गौतम, गुल्मी चैत ३ ।
महेन्द्र माध्यमिक विद्यालय रेसुङ्गा नगरपालिका वडा नं. १ तम्घास गुल्मीलाई ग्लोबल आइएमई बैंक शाखा तम्घास गुल्मीले फूटवल जर्सी हस्तान्तरण गर्ने काम सम्पन्न भएको छ ।

ग्लोबल आइएमई बैंक शाखा गुल्मीका प्रबन्धक योगेन्द्र रायमाझीले १८ थान जर्सी विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शालिकराम पन्थी , प्रधानाध्यापक युवराज ज्ञवाली र खेल शिक्षक जंगबहादुर थापालाई हस्तान्तरण गर्नुभएको हो ।

विद्यालयको आग्रहमा उक्त जर्सी बैंकले उपलब्ध गराएको हो । आज देखि तम्घासको चिदिचौरमा हुने मा.वि. स्तरीय फूटवल प्रतियोगितामा महेन्द्र मा.वि. तम्घास गुल्मीका विद्यार्थीहरु सोही जर्सीमा फूटवल खेल खेल्ने खेल शिक्षक जंगबहादुर थापाले जानकारी गराउनुभयो ।

बैंकले आर्थिक कारोबार मात्र नभएर सामाजिक एवं शैक्षिक कार्यलाई प्रोत्साहन गर्ने हेतुले उक्त जर्सी उपलब्ध गराएको हो।

खेल सामाग्री उपलब्ध गराएकोमा बैंक परिवारलाई विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

विद्यालयमा सानो भएपनि सहयोग गर्न पाएकोमा बैंक आभारी भएको कुरा उक्त बैंकका प्रबन्धक रायमाझीले व्यक्त गर्नुभयो ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नं. १ का वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेय, वडा नं. ३ का वडाध्यक्ष थम्मन बहादुर के.सी. शिक्षक अभिभावक संघ अध्यक्ष डम्बर पाण्डे, विद्यालय व्यवस्थापन समिति सदस्य घनश्याम पाण्डे, शिक्षक अभिभावक संघ सदस्य मोनिका कुँवर, रेसुङ्गा नगरपालिका गुल्मीका सव इन्जिनियर चक्र के.सी. र विद्यालयका शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend