साझा नेटवर्क
साझा नेटवर्क ,चैत ३ काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ११४ जना सङ्क्रमित थपिएका छन् ।
दुई हजार ७९० आरटी पीसीआर परीक्षण गरिएकोमा ११४ जनामा कोरोना सङ्कमण पुष्टी भएको हो ।
यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ४२४ पुगेको छ ।
यस्तै ९४ जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या दुई लाख ७१ हजार ४९५ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा कोही पनि कोरोना सङ्क्रमितको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । कोरोना बाट नेपालमा तीन हजार १४ जनाको मृत्यु भएको हो ।
मन्त्रालयले हाल ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend