logo
  • आइतबार, असोज ११ २०८३

मालारानीमा अति विपन्न परिवारलाई एक सय दिनको रोजगार प्रदान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

दिपेन्द्र खत्री, चैत्र ३ गते , अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गाउँपालिका भित्र रहेका अति विपन्न ५४६ जनालाई एक सय दिनको रोजगार प्रदान गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गाउँपालिका भित्रका सबै वडा बाट सुचिकृत बेरोजगार संख्या २५१२ जनाको फारम आएपनि गाउँपालिका भित्रका आर्थिक अबस्था कमजोर भएका ५४६ जनालाई एक सय दिनको रोजगार प्रदान गरिएको रोजगार शाखा प्रमुख महेश भुसालले जानकारी दिनुभयो । गाउँपालिका भित्र रहेका ९ वटा वडामा ६६ वटा आयोजनामा कामदारलाई प्रयोग गरिरहेको भुसालले बताउनुभयो ।


प्रत्येक वडाबाट बेरोजगार रहेको र रोजगारका लागि निबेदन दिएकाहरुबाट अति विपन्नहरुलाई एक सय दिन बराबरको रोजगारी प्रदान गर्ने गरी छनोट गरिएको हो। छनोट भएका ५४६ जनालाई सुरक्षाका लागि आवश्यक सामाग्री , गैटी ,बेल्चा लगायतका औजारहरु वडा वाट प्रदान गरिएको छ ।
५४६ जनालाई प्रत्येक वडाका बिकास निर्माणका आयोजनाको काम , सडक मर्मत , नाली खन्ने , सिडि चिन्ने लगायतका कामहरुमा लगाईएको छ ,साथै अति बिपन्न परिवारहरुलाई एक सय दिन बराबरको रोजगारले पनि घरपरिवार चलाउनका लागि सहयोग पुग्ने मालारानी गाउँपालिकाका अध्यक्ष बालकृप्ण आचार्यले बताउनुभयो ।

गाउँपालिकाले एक सय दिन बराबरको रोजगार दिएपछि घरखर्च चलाउन सहज भएको भन्दै उनीहरुले खुशी व्यक्त गरेका छन् ।उनीहरुको दैनिकी ज्याँला ५१७ रहेको र उनिहरुको पारिश्रमिक बैङक खाता खोली खातामा जम्मा गरिदिने गाउँपालिकाले जनाएको छ । स्थानीय सरकारले बेरोजगार भइ बसिरहेका युवा तथा महिलालाई गाउँघर्मै रोजगार प्रदान गर्ने हो भने देशको सम्रह विकास हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend