साझा नेटवर्क
साझा नेटवर्क ,चैत ३ चुरामणि तिमिल्सिना,रिडी-नेपालकै चार मध्य एक धाम रुरुधाम रिषीकेश मन्दिर परिसर तल रहेको सडक खण्ड करिब २ महिना यतादेखि अस्त व्यस्त रहेको छ । हिजो आज वर्षे झरिमा जस्तै सडक हिलाम्मे बनेको छ।
सडकको बिजोग अवस्था हुदा आम तिर्थ यात्री तथा स्थानिय पैदल यात्रीले दिनहु सास्ती भोगिरहेका छन । यति मात्र होइन सडक किनारमा रहेको सार्बजनिक सौचालयको पनि प्रयोग गर्न नमिल्ने बनेको छ ।यहाँको आम्दानी लैजान तानसेन नगरपालिका पाल्पा तछाड मछाड गरेर कुनै पनि शीर्षक छोडेको छैन, आम्दानी भनेपछि मरिहत्ते गर्ने नगरपालिकाको ध्यान कता गएको छ सबै स्थानियको भनाइ बनेको छ।
आम्दानी लगेपछि बनाउन पर्ने हैन र रु यहाँ साइफनवाला शौचालय ४ वटा रहेका छन् भने केही पानीले डमककै भरिएको छ ,नत कसैलाई जिम्मेवारी दिएको छ ,नत कसैलाई हेरालु राखिएको छ ।
केही दिन यता कालीगण्डकी स्थान गर्न भक्तपुरबाट सयौको संख्यामा भक्तजनहरु आए बिजोग देखेपछि मन दुखि बनाएर फर्किए । उनिहरु भन्छन् यहाँको समितिहरु कता निदाइरहेका छन ।
मन अमिलो पार्दै आफ्नो गन्तव्य तर्फ लागे ।यति मात्र कहाँ होर दिनहु जसो यहीँ सयौको सङ्ख्यामा मलामि समेत आउने गरेका छन् ।
नत उनिहरुलाइ राम्रो शौचालयको सुबिधा छ न त उनिहरुलाइ यातायात, पार्किङ स्थान, नत बिजुलि बत्तिको सुविधा नै छ । यस तर्फ सम्बन्धीत निकायको ध्यान पुग्न जरुरी छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend