logo
  • शनिबार, साउन ३० २०८३

खुल्ला नकआउट फुटवल प्रतियोगितामा नवजागरण युवा क्लव मिनि विजयी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

उर्मिला यादव यात्री, नवलपरासी चैत २।
पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा सोमबार भएको खेलमा नव जागरण युवा क्लब मिनि बनकट्टी विजयी भएको छ ।

सोमबार दिउसो भएको नव जागरण युवा कल्ब मिनि बनकट्टी र सार्वङ्गिक विकास मञ्च सुनवल–६ विचको खेलमा नव जागरण युवा क्लब मिनि बनकट्टी ३ गोल अन्तरले विजयी भएको हो ।

सार्वङ्गिक विकास मञ्च सुनवल–६ ले कुनै गोल गर्न नसकेको आयोजकले जनाएको छ । सार्वङ्गिक विकास मञ्च सुनवल–६ ले कुनै गोल गर्न नसकेपछि नव जागरण युवा क्लब मिनि बनकट्टीले ३ गोल गर्दै जित हासिल गरेको छ ।

त्यस्तै मंगलवार लर्ड बुद्ध ब्लु र सुनवल ३५ एफ सि बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

आगामि चैत १२ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले रु १ लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend