logo
  • आइतबार, असोज ११ २०८३

सरकारले निजी क्षेत्रलाई कोरोना विरुद्धको खोप आयात गर्नका लागि अनुमति दिने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क ,चैत २, काठमाडौं – सरकारले निजी क्षेत्रलाई कोरोना विरुद्धको खोप आयात गर्नका लागि अनुमति दिने भएको छ।

विभागले अहिले नेपालमा भारतको कोभिशिल्ड र चीनको सिनोफार्मले उत्पादन गरेका खोप प्रयोगका लागि अनुमति दिएको छ।

औषधि व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै अनुमतिका लागि इच्छुक उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक विक्रेतालाई औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता २०७७ मा तोकिएका कागजात सहित ७ दिनभित्र आवेदन दिन भनेको छ।

खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्क समेत विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत कायम हुने गरी लागत विवरण पेश गर्नुपर्ने सूचना उल्लेख गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend