साझा नेटवर्क
साझा नेटवर्क १ चैत, सिराहा। सिराहाको लहान नगरपालिका स्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ
आइतबार दिउँसो भएको सो विष्फोटमा परी सात जना घाइते भएका छन् ।
विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।
विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend