logo
  • शनिबार, साउन ३० २०८३

ठुलाबेसीमा एकदिने निःशुल्क आर्युवेद चिकित्सकीय स्वास्थ्य शिविर सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

जोगिन्द्र मल्ल, प्युठान चैत्र १ ।
गौमुखी गाउँपालिकाको आयोजना तथा प्युठान आर्युवेद स्वास्थ्य केन्द्र खलंगाको प्राविधिक सहयोगमा एकदिने निःशुल्क आर्युवेद चिकित्सकीय स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा भएको उक्त शिविरमा स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले राख्नु भएको थियो ।

सो शिविरमा बोल्दै अध्यक्ष गिरीले स्वास्थ्यको पहुँच पुराउने उद्देश्यले स्वास्थ्य शिविरको आयोजनामा गरिएको र उपचार र चेकजाँच गरिएका बिरामीको १५ दिनपछी फलोअप गरिने पनि जानकारी गराउनु भयो।

सो शिविरमा १११ जना महिला र ४७ जना पुरुषले सेवा लिएका थिए । चिकित्सक रमेशकुमार केसीको टिमले स्वास्थ्य परामर्श, बिरामी चेकजाँच, निशुल्क औसधी वितरण गरिएको थियो भने कार्यक्रमको संचालन केशव के सिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend